शिक्षकलाई पेशागत विकास तालिम

गल्याङ ।
गल्याङ् नगरपालिकाले शिक्षकलाई पेशागत विकास सम्वन्धी तालिम दिएको छ । नगर शिक्षा शाखाको आयोजनामा सामुदायीक र संस्थागत विद्यालयका कक्षा १ देखी ५ सम्मका अंग्रेजी बिषय अध्यापनरत शिक्षकलाई पेशागत विकास तालिम दिइएको हो । तालिमको उदघाटन गर्दै गल्याङ् नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले शिक्षण सिकाई जब सम्म प्रभाबकारी हुदैन तबसम्म शिक्षामा गुणस्तर वृद्धि कल्पना गर्न नसकिने बताए ।

उनले गल्याङ् नगरपालिकाले शिक्षा क्षेत्रलाई मुख्य रुपमा लिएको र शैक्षिक गुणस्तरीयताका लागि आफूहर कार्यका लागि तयार रहेको उनको भनाई छ । गल्याङ् नगरपालिका अन्तरगतका सामुदायिक र सस्थागत बिधालयका कक्षा १–५ मा अङ्ग्रेजी बिषय अध्यापनरत शिक्षकहरुका लागि पेशागत बिकास सम्बन्धि ३ दिने तालिम शुरु भएको छ । भट्टराईले शिक्षकहरुको हौसला हामी बढाउछौ तपाईंहरु विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन तयार हुन आग्रह गरे ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार राज आचार्यको अध्यक्षतामा संचालित उक्त प्रशिक्षण ब्रीटिस काउन्सिलका प्रशिक्षक एवम् टेस्ट बुक राइटर गोपाल प्रसाद बस्याल र नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार राज आचार्यले सहजीकरण गर्ने उक्त प्रशिक्षण ३ दिन सम्म संचालन हुने नगरपालिकाका प्रास हिमलाल भण्डारीले जानकारी दिए ।

नगरपालिकाले यस अघि पनि गणित बिषयक शिक्षकहरु र बालबिकास सहजकर्ताहरुलाई समेत शैक्षणिक गुणस्तर वृद्धिको लागि प्रशिक्षित गराएको छ ।

प्रतिक्रिया