अर्जुनचौपारीमा नमुना युवा गाउँसभा शुरु

स्याङ्जा ।
अर्जुनचौपारी गाउँपालिका १ मा नमुना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम शुरु भएको छ । चार दिन सम्म चल्ने प्रशिक्षण तथा अभ्यास कार्यक्रम अर्जुनचौपारी गाउँपालिले राष्ट्रिय युवा परिषद नेपालको समन्वयमा गरिएको हो । युवाको नेतृत्व तथा ब्याक्तित्व बिकास, नमुना गाउँसभाको अभ्यास, निर्वाचन पक्रिया र युवा भएर के गर्न सकिन्छ भन्ने बारेमा सिकाउने सरकारको नीति अनुसार कार्यक्रम गरिएको हो ।

हरेक बर्ष एक जिल्लामा एक पालिकामा प्रशिक्षण तथा अभ्यास कार्यक्रम गर्ने सरकारको कार्यतालिका अनुसार अर्जुनचौपारी परेको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना गुरुङले सरकारको अपेक्षा अनुसार प्रशिक्षकसगँ सिकेर ब्यवहारमा उतार्न आग्रह गरीन् ।
युवा समाज परिवर्तनको बहाक भएकाले गाउँ र समाजको परिवर्तमा हाम्रो ठुलो जिम्मेवारी रहेको उनको भनाई थियो ।

कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत उज्वल बहादुर बस्नेत, जिल्ला युवा परिषदका संयोजक आबिश्कार क्षेत्री, वडा नं १ का अध्यक्ष रण बहादुर थापा, शिक्षा शाखा निमित्त प्रमुख कमला चापागाई लगायतले मन्तब्य राखेका थिए । नमुना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रममा पालिका भित्र रहेका ६ वडाका ३० प्रशिक्षार्थीको सहभागिता रहेको छ । प्रशिक्षण तथा अभ्यास कार्यक्रममा आबिश्कार पराजुली र रन्जना नेपालले सहजिकरण गरेका छन् ।

 

प्रतिक्रिया