गल्याङ्मा विद्यार्थी ‘ट्यालेन्ट शो’ कार्यक्रम

टीकाराम अधिकारी,
गल्याङ् ।
विद्यार्थीहरुको प्रतिभा पहिचानका लागि नगरस्तरीय गल्याङ् ‘ट्यालेन्ट शो’ कार्यक्रम गरिएको छ । नगरपालिका भित्र रहेका सामुदायीक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिभा पहिचान गर्ने उदेश्यले विभिन्न विद्यामा गल्याङ् ‘ट्यालेन्ट शो’ कार्यक्रम गरिएको हो । गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा दुईदिने विद्यार्थी गल्याङ् ट्यालेन्ट शो प्रतियोगिता गरिएको हो । कक्षा १ देखी कक्षा १२ सम्मका विद्यार्थीहरुलाई सहभागिता गराइएको नगरपालिका शिक्षा शाखाले जनाएको छ । विद्यार्थीमा हुने प्रतिभाको खोजी नहुँदा धेरै विद्यार्थीको कला र कौशलता ओझेलमा परेको भन्दै नगरपालिकाले यो प्रतियोगिता आयोजना गरिएको गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले बताए ।

असल र सक्षम नागरिक उत्पादनमा यस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको उनले बताए । नगरपालिकाको नीति तथा कार्यक्रममामै समिटिएको बिषय भएकाले यो कार्यक्रमको निरन्तरता रहने भट्टराईको भनाई छ । ग्रामिण क्षेत्रमा लुकेर रहेको प्रतिभाको पहिचान गरी स्थानीय तह, प्रदेश, संघ गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आयोजना हुने विभिन्न विद्याका प्रतियोगितामा सहभागी गराउन सहज हुने नगर प्रमुख भट्टराईले बताए । आफ्नो संगै समुदाय र राष्ट्रको नाम राख्न सक्ने विद्यार्थी उत्पादन बनाउने अभियानमा नगरपालिका अगाडि वढेको नगर प्रमुख भट्टराईले बताए ।
कार्यक्रममा गल्याङ् नगरपालिका उपप्रमुख हेमा न्यौपाने, प्रमुख प्रशासकीय प्रमुख अधिकृत दामोदर शर्मा, नगर शिक्षा समिति सदस्य लेखनाथ भट्टराई, द्रबेन्द्रदब खनाल लगायतले नगरपालिकाले शुरुवात गरेको यो कार्यक्रम निकै प्रभावकारी हुने बताए । दुईदिन चलेको कार्यक्रममा विज्ञान तथा प्रविधि तर्फ आधारभूत र माध्यमिक तहमा गरी १२ विद्यालय सहभागीता रहेको कार्यक्रममा माध्यमिक तर्फ चिराग आवासीय मावि प्रथम, आदर्श आवासीय मावि दोस्रो, गल्याङ भूपूसैनिक मावि तेस्रो, आधारभूत तहतर्फ चिराग आवासीय मावि प्रथम, गल्याङ भूपूसैनिक मावि दोस्रो, आदर्श आवासीय मावि तेस्रो भएका थिए । आधारभूत कक्षा १ देखि ५ सम्म एकल पठन सीप तर्फ ४० विद्यालयको सहभागीता रहेको कार्यक्रममा हिमाञ्चल आधारभूत विद्यालयकी छात्रा रिजा भण्डारी प्रथम, ग्रिनचौर बोडिङ स्कूलकी छात्रा जेनिसा अधिकारी दोस्रो, चिराग आवासीय माध्यमिक विद्यालयका छात्र सोपान न्यौपाने तेस्रो भएका थिए ।

कक्षा ६ देखि कक्षा १२ सम्मको कविता बचन प्रतियोगितामा १३ विद्यालयको सहभागीता रहेकोमा रामनदीधाम गुरुकुलमका छात्र आदिते पन्थी प्रथम, सार्वजनिक माध्यमिक विद्यालयकी छात्रा कामना पंगेनी दोस्रो, कालीका माविकी छात्रा छमकला न्यौपाने तेस्रो भएका छन् । हस्तलेखन प्रतियोगिता आधारभूत तहतर्फ कक्षा १ देखि ५ सम्म ३८ विद्यालयको सहभागिता रहेकोमा सार्वजनिक माविका छात्रा रोजी राना प्रथम, ग्रिनचौर इङलिस बोडिङ स्कूलका छात्रा अनुशका खनाल दोस्रो, चिराग आवासीय माविका छात्र गुञ्जन आले तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षा शाखाका नासु अग्नीधर बस्यालले र कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक हिमलाल भण्डारीले गरेका थिए ।

 

प्रतिक्रिया