गल्याङ् उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको पदभार सम्पन्न

गल्याङ् ।
गल्याङ् उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिले एक कार्यक्रमका विच पदभार ग्रहण गरेका छन् । दोस्रो अधिवेसनबाट निर्वाचित कार्यसमितिले पदभारग्रहण गरेका हुन् । गण्डकी प्रदेश उर्जा, सिंचाई एंव खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीको प्रमुख आथित्यतामा संघका कार्यसमितिलाई पद तथा गोपनियताको सफथ खुवाएर पदभारग्रहण सम्पन्न भएको आयोजकले जनाएका छन् । राज्य निर्माणमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउदैप्रदेश मन्त्री तिवारीले नीजि क्षेत्रसगँ मिलेर सरकार काम गर्न चाहेको बताईन् ।

कोभिडका कारण कतिपय व्यापारीहरु आफ्नो पेशाबाट विस्थापित हुन पुगेको उनीहरुलाई स्थापित गर्न प्रदेश सरकार लाग्ने प्रतिवद्धता व्यक्त गरीन् । गल्याङ् नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले हामीले मनलाई फराकिलो बनाएर आफ्नो पेशा व्यावसायमा लाग्नु पर्ने र आर्थिक मन्दिका कारण व्यापारमा देखिएको समस्याका सन्दर्भमा हामी सबै मिलेर समाधानको पाटोमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष नबराज सुबेदी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेत नारायण श्रेष्ठ, स्याङ्जा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, गल्याङ् नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई, गल्याङ् उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लेखनाथ भट्टराई, गल्याङ् चेम्बर अफ कमर्शका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ र निर्वाचन समिति सदस्य राजेन्द्र देब खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दोस्रो अधिबेशनले सर्वसम्मत डोल प्रसाद श्रेष्ठ (ध्रुर्व)को अध्यक्षतामा २७ नयाँ कार्यसमिति चयन गरेको छ । बरिष्ठ उपाध्यक्ष बलराम श्रेष्ठ, प्रथम उपाध्यक्ष विष्णु अधिकारी, द्वितीय उपाध्यक्ष दुर्गा बहादुर थापा, महासचिव उमा श्रेष्ठ, सचिव कृष्णमाया वि.क, ऋषि बस्याल, कोषाध्यक्ष रफि खाँन, सहकोषाध्यक्ष हुमकान्त पाठक, सदस्यहरु नर बहादुर गुरुङ, गणेश प्रसाद अधिकारी, मातृका अर्याल, सुरेश सुबेदी, श्याम सुन्दर बस्याल, मायादेवी पाठक, शिवराज भण्डारी, लक्ष्मण तिमिल्सीना, विन्दू थापा, धर्मराज भट्टराई, लिलाबल्लौ भट्टराई, कमल प्रसाद पाण्डे, भुवन श्रेष्ठ, तेज प्रसाद भट्टराई, राजु बस्याल, शुशिल श्रेष्ठ, वडा नं.३ का वडाअध्यक्ष पदेन सदस्य कृष्ण प्रसाद भट्टराई रहेको भएको निर्वाचन अधिकृत लेखनाथ चापागाईले जानकारी दिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डोल प्रसाद श्रेष्ठ(ध्रुर्व)ले व्यापारको वृद्वि गर्ने र कारोबारका लागि सरकारी बैंकहरु स्थापनाका लागि पहल गर्ने तथा स्थानीय सरकार संग मिलेर विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । गल्याङ् उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्त्वय बरिष्ठ उपाध्यक्ष इन्द्र प्रसाद अधिकारीले र कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य लिलाबल्लभ अर्याल र महासचिव उमा श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया