वालिङका वडा—वडामा आयुर्वेद स्वास्थ्य सेवा

वालिङ ।
वालिङ नगरपालिकाले आयुर्वेद स्वास्थ्य सेवाको पहुँच वडा—वडामा पु¥याउने उदेश्यले हरेक महिनाको एकदिन स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । आर्थिक बर्ष २०७९÷०८० साउनबाट शुरु गरिएको यो शिविर वालिङ नगरपालिकाका ४ ओटा वडामा लागु गरिएको हो । वडा कार्यालयले आफ्ना नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा परामर्स र स्वास्थ्य जाँच गराउन बजेट बिनियोजन गरेपछि हरेक महिनाको एक दिन खहरे धनुवासे आयुर्वेद औषधालयको प्राविधिक सहयोगमा आयोजना गरिदै आएको वालिङ ८ का वडा सचिव प्रेमनारायण सुवेदीले जानकारी दिए ।
हरेक महिनाको ६ गते आयुर्वेद स्वास्थ्य शिविर संचालन हुन्छ उनले भने,‘स्वास्थ्यको पहुँच नपुगेका वडावासीले सेवा लिन पाउनुभएको छ ।’ यसका लागि वडाले औषधी र प्राविधिक सहयोगका लागि केही बजेट बिनियोजन गर्दै आएको छ उनले भने । यो कार्य निरन्तर चलिहने योजना वडाको रहेको सुवेदीले बताए । वालिङ नगरपालिकाका ४, ८, ९ र १३ मा हरेक महिनामा एक दिन शिविर संचालन हुदै आएको आयुर्वेद औषधालयले जनाएको छ ।
खहरे धनुवाँसे आयुर्वेद औषधालय खहरेका प्रमुख हरी अर्यालका अनुसार वडा नम्वर ४ मा १७, वडा नम्व ८ मा ६, वडा नम्वर ९ मा १३ र वडा नम्वर १३ मा २६ गते एक—एक दिन आयुर्वेद स्वास्थ्य शिविर तथा परामर्श सेवा संचालन हुदै आएको बताए । हामी हरेक वडामा यो सेवा लागु गर्न चाहान्छौं उनले भने,‘यसका लागि बजेटको अभाव र प्राविधिकको व्यवस्था हुनुपर्छ ।’ अहिले वडाले नै बजेट छुट्टाएको र थोरै वडा भएकाले सेवा पु¥याउन सहज भएको छ उनले भने । आयुर्वेदका बारेमा नागकिलाई सुसुचित गर्न सकिने हो भने अनेक खालका रोगको शिकारबाट रोक्न मदत पुग्ने अर्यालको दावी छ ।
पछिल्लो समय आयुर्वेद सेवा परिस्कृत र परिमार्जित तवरबाट आइरहेको छ । यसको भरपुर सदुपयोग गर्न न नागरिकले सकेका छन् न स्थानीय सरकारले नै कार्ययोजना बनाएको छ । अर्गानीक उत्पादन भन्दा बिषादी खानाको प्रयोग बढीरहेका बेला यसलाई थप जटिलतालाई कमजोर बनाउने आयुर्वेद सेवा निक्कै प्रभावकारी हुदै आएको चिकित्सकहरु बताउछन् । योगा थेरापी सहितको सेवा प्रवाह गर्ने प्राविधिक सामाग्री र योजना रहेको खहरे धनुवाँसे आयुर्वेद औषधालयमा प्राविधिक जनशक्तिको अभावले काम गर्न नसकिएको अर्यालले बताए । दैनिक ५० देखि ६० जना सम्म सेवा लिदै आएको स्वास्थ्य संस्थामा थप जनशक्ति उपलब्ध हुने हो भने आयुर्वेद सेवा लिन नागरिकलाई सहज हुने उनको भनाई छ ।
प्रतिक्रिया