वालिङ नगरपालिकाका जनप्रतिनिधिलाइ संसदीय तालिम

मणिप्रसाद अर्याल,
वालिङ ।
वाालिङ नगरपालिकाको सभाहलमा संसदीय बैठक प्रणाली तालिम सम्पन्न भएको छ । वालिङ जेसीजको अयोजनामा कार्यक्रम सम्पन्न भएका हो । वालिङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ संसदीय बैठक प्रणाली सम्वन्धी तालिम दिइएको हो । संसदीय बैठक प्रणाली तालिममा प्रमुख अतिथि वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले वालिङ जेसीजले महत्वपूर्ण तालिम संचालन गरेको र यसले अव आउने नगरसभा र कार्यपालिका बैठकहरु मर्यादीत् र शब्य हुने विश्वास व्यक्त गेकारेका छन् ।

नेपाल जेसीजका उपाध्यक्ष तथा वालिङ जेसीजको लागि निरुपित राष्ट्रिय उपाध्यक्ष चन्द्रमणी भुसालले अव आउने दिनमा पनि वालिङ जेसीजले महत्वपुर्ण र सिर्जनशिल कार्यक्रम गरी यहाँका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्नका लागि नेपाल जेसीजको पूर्ण सहयोग रहने बताए । स्थानीय सरकार संगको सहकार्यमा जेसिजले धेरै कामहरु गर्न सकिने बताए । कार्यक्रमा मूख्य प्रशिक्षण सन् १९९७ का राष्ट्रिय अध्यक्ष सिनेटर जेसी रविन्द्र कुमार कर्णले बैठक के हो ? बैठक कसरी संचालन गर्ने ? सफल बैठक कसरी आयोजना गर्न सकिन्छ ? संसदमा कसरी प्रस्तुत हुने ? सभामा सभामुखको अध्यक्ष र सदस्यको भुमिका विषयमा प्रशिक्षण दिएका थिए ।

उक्त तालिममा सहभागी वालिङ, गल्याङ्, भीरकोट जेसीज र वालिङ नगरपालिकाका जनप्रतिनिधि गरी ८० जना सहभागी रहेका थिए । तालिममा सहभागी जनप्रतिनिधि लगायतले तालिम प्रभावकारी रहेको र यस्ता कार्यक्रमहरु नियमित भए अझै राम्रो हुने बताए । वालिङ जेसीजका निर्वतमान अध्यक्ष जेसी धु्रब पंगेनीले स्वागत मन्तव्य, सदस्य पूजा कोइरालाले आस्थापाठ र जेसीजका कानुनी सल्लाहकार यज्ञ पुरुष रिजालले जेसीजको मिसन र भिजन वाचन गरेका थिए भने कार्यक्रमको अध्यक्षता वालिङ जेसीजका वर्ष २०२३ का अध्यक्ष मणिप्रसाद अर्याले गरेका थिए ।

प्रतिक्रिया