उद्योग वाणिज्य संघ स्याङ्जाको ट्रियूकलरमा दुर्गाप्रसाई झापा आएपछि ………………

भवानी अधिकारी,
स्याङ्जा ।
जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको ल्याण्ड लाईन फोन नंम्बर ०६१—४२४१२१ हो । नेपाल टेलिकम मार्फत जहिलेदेखि स्याङ्जामा ल्याण्ड लाईन फोन सेट बितरण कार्य सुरु भयो । तवदेखि जिल्लाकै सबैभन्दा अग्रणी संस्था उद्योग वाणिज्य संघले पनि ०६३— ४२०१२१ नम्बर पाएको हो । पछिल्लो समय इन्टरनेटको पहुँच बिस्तारसंगै नम्बरका केही अंक परिवर्तन गरिएता पनि यस संस्थाको नम्बर भने उही नै छ । सोही नम्बरबाट मुलुकभरका झण्डै १ सय २५ जिल्ला नगर सहित, ब्यक्ति, संघ, संस्था, कार्यालयमा सम्पर्क गरिदै आएको छ ।
तर, पछिल्ला केही दिन यता, स्याङ्जा स्थित उद्योग वाणिज्य संघ स्याङ्जा कार्यालयको नाममा रहेको सोही ल्याण्ड लाईनको फोन सेटबाट सम्पर्क गर्दा ट्रियुकलर प्रयोगकर्ताका नम्बरमा दुर्गा प्रसाई झापा आउने गरेको छ । यस बिषयमा संघ परिवार के कसरी यस्तो भयो भनेर अचम्मित भएको अध्यक्ष रविन्द्रमान श्रेष्ठले बताए । ट्रियुकलर प्रयोग नगर्नेका लागि भने यो समस्या नदेखिएको बताइएको छ ।
यस्तो समस्या केही महिनादेखि देखिएको बताउँछन् संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ । यस बारेमा उनले नेपाल टेलिकमसंग बुझ्दा यस बारेमा आफनो संस्थालाई जानकारी नभएको भन्ने जवाफ पाएको जानकारी गराए । उनले थपे, ‘आजकल यताबाट गरेको फोन पनि साथीहरुले उठाउनुहुन्न । ट्रियुकलरमा यस्तो आउने भएर पो हो की ।’
उद्योग ब्यवसायीका हक, हितका पक्षमा काम गर्ने उदेश्यले वि.सं. २०१३ सालमा स्थापित स्याङ्जा उद्योग वाणिज्य संघ जिल्लाकै सबैभन्दा पुरानो संस्था हो । केन्द्रिय संघकोे पनि संस्थापक सदस्य मध्येको एक हो । लोकतन्त्रको स्थापनासंगै आमनागरिकलाई सूचना, प्रबिधिको उपयोग गर्न पाउने अधिकारवाट सुनिश्चित गराउने उदेश्यले राज्यद्धारा बिक्रीबितरण गरिएका यस्ता प्रबिधिमा देखिएको त्रुटी तत्काल सच्चाउनका ब्यवसायीको माग छन् ।
प्रतिक्रिया