बिश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा संस्कृत भाषाको महत्त्व, संरक्षण र प्रचार विषयक कार्यक्रम सम्पन्न
भीरकोट ।
बिश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा संस्कृत भाषाको महत्त्व, संरक्षण र प्रचार सम्वन्धि अन्तरक्रिया कार्यक्रम एबम् क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रबक्ता दिपेन्द्र केसिले संस्कृत भाषाको ठूलो महत्त्व रहेको र यसको बारेमा हामिले अब बुझ्न ढिला गर्न नहुने कुरा बताए। संस्कृतको महत्व बुझ्न नसक्दा नेपाल पछाडि परेको कुरामा केसीले जोड दिए। उनले आफ्नो मौलिक परम्परा ,धर्म ,संस्कृतिको जगेर्ना गर्न पर्ने कुरा बताए। उनले बिश्व हिन्दु युवा संघ स्याङ्जाले प्रकाशन गरेको क्यालेन्डर बिमोचन गर्दै यस मार्फत पनि हिन्दु धर्म संस्कृतिको प्रचार हुने कुरा बताए।
बिशिस्ट अतिथी नन्द लाल खनालले सनातन हिन्दु संस्कृतिको जगेर्ना र प्रचार प्रसार गर्न पर्ने कुरा बताए। उनले संस्कृत भाषा क्लास पनि अब सन्चालन गर्न पर्ने र राम्रा पक्ष को प्रचार गर्नुपर्ने कुरामा जोड दिएका थिए। अध्यक्ष नबराज पौडेलले बिश्व हिन्दु युवा संघ स्याङ्जाले गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए । उनले पनि संस्कृत लाई पुजा पाठको रुपमा मात्रै हेर्न नहुने कुरा बताए । पौडेलले संस्कृत भनेको बिज्ञान हो र संस्कृतबाटै धेरै कुराहरुको आबिश्कार भएको कुरा बताए। सबै सभ्यताको मुल बिषय भनेको नै संस्कृत भएको पौडेलको जिकीर थियो। अब नेपाल पुर्बिय दर्शनको आधारमा चल्नु पर्ने कुरा उनले बताए। पौडेलले हाम्रा कला संस्कृति लाई संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए। कार्यक्रममा समाजसेबी गोबिन्द पङेनी, बिष्णु माया काफ्ले लगायतले आफ्नो मन्तव्य राखेका थिए।कार्यक्रममा स्वागत मन्तब्य जिल्ला सदस्य बबिन पाठकले राखेका थिए भने कार्यक्रमको सन्चालन जिल्ला प्रबक्ता हरि रेग्मिले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता बिश्व हिन्दु युवा संघ स्याङ्जाको जिल्ला अध्यक्ष नबराज पौडेलले गरेका थिए भने बिश्व हिन्दु युवा संघका केन्द्रिय सद्स्य एबम वालिङ नगर पालिका वार्ड न. ११ का वडाध्यक्ष डण्डपाणी पंगेनी, भिरकोट ८ का वार्ड अध्यक्ष नन्द लाल खनाल, समाजसेबी गोबिन्द पङेनी, बिश्व हिन्दु महासंघ भिरकोटका उपाध्यक्ष बिष्णु माया काफ्ले, समाजसेबी श्याम कुमार राना, बिश्व हिन्दु युवा संघ जिल्ला सह प्रबक्ता कुशल बस्याल, बिश्व हिन्दु युवा संघ जिल्ला सदस्य राजन रेग्मी, बबिन पाठक लगायतको उपस्तिथी रहेको थियो।
प्रतिक्रिया