वालिङ नगरपालिका र पत्रकारहरुबिच अन्तरक्रिया

आरती कुँवर,
वालिङ ।
वालिङ नगरपालिका र जिल्लाका पत्रकारहरुबिच अन्तरक्रिया गरिएको छ । वालिङ नगरपालिकाले गरेको कामको वार्षिक समिक्षा तथा आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम विषयमा अन्तरक्रिया गरिएको हो । स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले एक वर्षमा गरेको कामहरु र आगामी वर्षको लागी नीति तथा कार्यक्रम निमार्णका लागी महत्वपुर्ण सुझावहरु संकलन गर्ने उदेश्यले पत्रकारहरुसगँ अन्तरक्रिया आयोजना गरिएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताए ।

पत्रकारहरु समाजको ऐना भएको बताउदै नगर प्रमुख खाँणले नगरपालिकाले गरेका राम्रा कामलाई प्रथामिकता दिएर सूचना प्रवाह गरिदिन आग्रह गरे । काम गर्दागर्दै कहिलेकाही त्रुटीहरु हुनसक्छन् नगर प्रमुख खाँणले भने,‘त्रुटीलाई सच्चाउने अवसर दिएर सुझाव दिनुहोला ।’ समग्र वालिङको विकासमा सबै पक्षको सकरात्मक सुझाव साथै सबै पक्षको सहयोगले नै स्मार्ट सिटी निमार्णमा टेवा पुग्ने विश्वास हामीले लिएका छौं उनले भने । यो बर्ष सिकाईकै रुपमा बितेको स्विकार गर्दै नगर प्रमुख खाँणले अब बाँकी रहेको ४ बर्षमा नगरपालिकालाई समृद्धिको दियो बालेर छाड्ने विश्वास पत्रकारहरुलाई दिलाए ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि लगायतका बिषयलाई प्रथामिकता दिएर अगाडी बढ्ने योजना रहेको उनले बताए । नगरपालिकामा अध्ययन अवलोकन मात्रै नभएर घुम्न वालिङ जाऊ भन्ने हिसावले यहाँका पर्यटकीय स्थलहरुको पहिचान, धार्मिक स्थानहरुको स्तरोन्नतीका बारेमा गम्भिर भएर लाग्ने खाँणले बताए । सिमित साधन श्रोतको उच्चतम प्रयोग गरी नागरीकमुखी योजनाहरु अवको बजेटमा समेट्ने बताए । संचारजगतलाई बलियो र विश्वासिलो बनाउन स्थानीय सरकारले सबैखोले सहयोग हुने विश्वास पत्रकारहरुलाई नगर प्रमुख खाँणले दिलाए ।

अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, पत्रकार महासंघ स्याङजाका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायत पत्रकारहरुले वालिङ बनाउन सबैले सहयोग गर्नुपर्ने धारणा र सुझाव राखेका थिए । उतm सुझावलाई कार्यान्वयन गरेर अगाडी बढ्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया