वालिङमा विश्व वातावरण दिवस मनाइयो
वालिङ ।
संयुक्त राष्ट्रसङ्घको मूल नारालाइ स्थानीयकरण गर्दै वालिङ नगरपालिका र वालिङ जेसीजको अयोजना र युएनडिपी नेपाल ग्लोबल प्रा.लि, वालविद्याविकास मा.विको सहयोगमा प्लाष्टिक जन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौ भन्ने मुल नाराका साथ प्रभातफेरी र प्रवचन कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ । बालविद्याविकास मा.वि वालिङबाट शुरु भएको प्रभातफेरी कार्यक्रम वालिङ नगरपालिकाका सभाहलमा प्रबचन सहित सम्मपन्न भएको थियो ।
प्रबचन कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले मानिसहरुको आवश्यकता र आकाङक्षाका कारण प्रकृतिको दोहोनले विश्वव्यापी जलवायु परिर्वतन जैविक विविधताको ह्रासका साथै अत्याधिक प्रदुषणको चुनौती बढेको बताए । आफ्नो घर वरपर वातावरण सफा राख्दै वन, बनस्पती, कृषि तथा जीवहरुको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउन नगर प्रमुख खाँणले सबैसगँ आग्रह गरे ।
वालिङ नगरपालिकाका नगरउप–प्रमुख कविता तिवारी गैह्रेले स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्राकृतिक वातावरणलाई दिगो संरक्षण गर्दै वातावरण र विकास तथा सुचना प्रविधिबाट सन्तुलन कायम राख्न सवै प्रतिबद्ध हुनुपर्ने बताइन् । कार्यक्रममा बोल्दै वालिङ जेसीजवर्ष २०२३ का अध्यक्ष जेसी मणिप्रसाद अर्यालले वातावरण संरक्षणका लागि नेपालमा राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने आवश्यकता रहेको बताए । वालिङ नगरपालिकाले आयोजना गर्ने सामाजिक कार्यक्रमहरुमा वालिङ जेसिजले सहयोगीको भुमिका खेल्ने अर्यालले बताए । आवश्यताका आधारमा जनचेतना मुलक कार्यक्रमहरु गर्न वालिङ जेसीजले सहयोग गर्दै निरन्तरता दिन आग्रह गरे ।
प्रतिक्रिया