महिलासंघका अध्यक्षको निधनमा स्याङ्जामा शोकसभा
स्याङ्जा ।
नेपाल महिला संघका पूर्व केन्द्रिय सभापति एवं पूर्व मन्त्री मिना पाण्डेको निधनको १४ औ दिन पारेर स्याङजामा शोकसभा गरिएको छ । नेपाल महिला संघ स्याङ्जाको आयोजनामा आयोजित शोकसभामा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति तथा गण्डकी प्रदेश सांसद कल्पना तिवारीले स्वर्गिय पाण्डेले महिला हक, हित अधिकारका पक्षमा गरेका काम र उपलब्धी सबै महिलाहरुका लागि हितकर रहेको बताइन् । पाण्डेको निधनले महिला बर्गले मात्र नभई सिंगो नेपाली कांग्रेस र राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको तिवारीको भनाई थियो ।
शोकसभामा महिला संघ स्याङ्जाका पूवअध्यक्ष मखमली श्रेष्ठ, नेपाली कांग्रेस महासमिति सदस्य सीता गोदार, महाधिवेशन प्रतिनिधि धनकुमारी थापा, जिल्ला सदस्य सन्तोषी पौडेल र सुनिता पौडेलले, पूर्व जिल्ला सदस्य सीमा कर्माचार्य, महिला नेतृहरु बोला पाठक, संगीता अर्याल लगायतले शोकमन्तब्य ब्यक्त गरेका थिए । नेपाल महिला संघले एक जुझारु महिला नेतृ गुमाएको बिषयमा चर्चा गरेका थिए । महिला संघ स्याङजाका कार्यवाहक अध्यक्ष देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव बन्दना लम्सालले स्वागत एवं सचिव तारा मल्लले संचालन गरेकी थिइन् ।
प्रतिक्रिया