अग्नीपीडित पौडेललाई आर्थिक सहयोग

भीरकोट ।
स्याङ्जाको भीरकोटमा जेठ २६ गते शुक्रबार भएको आगालागीका पीडित झरना फोटोका संचालक राजेश पौडेललाई विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेका छ्न्। भीरकोट उद्योग वाणिज्य संघ, भीरकोट जेसिज लगायतका संघसंस्थारूले पौडेललाई आर्थिक सहयोग जुटाउन बयरघारी बजार क्षेत्रमा सहयोग संकलन अभियान संचालन गरेका थिए। अभियानबाट संकलन भएको १ लाख ७४ हजार ५ सय ९५ रूपैयाँ भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइरालाले पौडेललाई हस्तान्तरण गरेका हुन्। यसैगरी उद्योग वाणिज्य संघले निज पौडेललाई संस्थागत रूपमा ५५ हजार ५५ रूपैयाँ आर्थिक सहयोग ग
भीरकोट ।
स्याङ्जाको भीरकोटमा जेठ २६ गते शुक्रबार भएको आगालागीका पीडित झरना फोटोका संचालक राजेश पौडेललाई विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेका छ्न्। भीरकोट उद्योग वाणिज्य संघ, भीरकोट जेसिज लगायतका संघसंस्थारूले पौडेललाई आर्थिक सहयोग जुटाउन बयरघारी बजार क्षेत्रमा सहयोग संकलन अभियान संचालन गरेका थिए। अभियानबाट संकलन भएको १ लाख ७४ हजार ५ सय ९५ रूपैयाँ भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइरालाले पौडेललाई हस्तान्तरण गरेका हुन्। यसैगरी उद्योग वाणिज्य संघले निज पौडेललाई संस्थागत रूपमा ५५ हजार ५५ रूपैयाँ आर्थिक सहयोग गरेको छ। भीरकोट जेसिजका पदाधिकारीहरूले संकलन गरेको २३ हजार २ सय १५ रूपैयाँ संस्थाका अध्यक्ष सुन्दर कोइरालाले पौडेललाई हस्तान्तरण गरेका छ्न्। बालोदय माध्यमिक विद्यालयले पनि अग्नीपीडित पौडेललाई सहयोग गरेको छ। विद्यालय परिवारबाट संकलित १० हजार रूपैयाँ विद्यालय संचालक समितिका अध्यक्ष तोयनाथ अर्यालले पौडेललाई प्रदान गरेका छ्न्।
भीरकोट नगरपालिकाले पनि पौडेललाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। सोमबार बसेको बोर्ड बैठकले पौडेललाई एक लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। निजलाई घरबास पुननिर्माण र व्यवसाय पुनः संचालन गर्न केही राहत होस भनी पालिकाले सहयोग गर्ने निर्णय गरेको र छिट्टै उक्त रकम पौडेललाई प्रदान गरिने नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिए। भीरकोट नगरपालिका वडा नं १ को विरेन्द्र मार्गमा अवस्थित झरना फोटो स्टुडियोमा शुक्रबार करिब ९।२० बजेतिर पसलमा बालेको दियोका कारण आगालागी भएको थियो।आगालागीमा परी झरना फोटोका संचालक राजेश पौडेलको पसल पुर्ण रूपमा जलेर नष्ट भएको थियो भने दुई तले घरमा ठूलो क्षती पुगेको थियो।आगालागीमा परी डिएसएलआर क्यामेरा ५ थान, कम्युटर ४ थान, प्रिन्टर ४ थान, लेमिनेसन मेसिन ३ थान, फोटो फ्रेम, गिफ्ट आइटम, स्टेसनरी सामान , फोटो अम्रेला,र नगद रू ४१ हजार सहित करिब ५१ लाख बराबरको क्षती भएको थियो।
रेको छ। भीरकोट जेसिजका पदाधिकारीहरूले संकलन गरेको २३ हजार २ सय १५ रूपैयाँ संस्थाका अध्यक्ष सुन्दर कोइरालाले पौडेललाई हस्तान्तरण गरेका छ्न्। बालोदय माध्यमिक विद्यालयले पनि अग्नीपीडित पौडेललाई सहयोग गरेको छ। विद्यालय परिवारबाट संकलित १० हजार रूपैयाँ विद्यालय संचालक समितिका अध्यक्ष तोयनाथ अर्यालले पौडेललाई प्रदान गरेका छ्न्।

प्रतिक्रिया