सबारी दुर्घटनामा चापाकोटका पूर्व मेयर शिब कुमार गिरीको निधन

स्याङजा ।
सिद्धार्थ राजमार्ग स्थित स्याङजाको बरजामा शुक्रवार राति भएको सवारी दुर्घटनामा परी चापाकोट नगरपालिकाका पूर्व मेयर शिब कुमार गिरीको मृत्यु भएको छ ।
राती ११ बजे वालिङ बाट स्याङजा तर्फ जाँदै गरेको बा १५ च १७०९ नं को स्कार्पीयो अनियन्त्रित भई दाहीने भित्तामा ठोक्किएर सडकमा पल्टिंदा गिरी च्यापिएर घाइते भएका थिए । घाइते गिरीको उपचारको क्रममा जिल्ला अस्पतालले मृत घोषणा गरेको हो । सवारी चालक सुरज नेपाली सकुशल रहेको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।

सवारी चालकलाई नियन्त्रणमा लिएर दुर्घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार रातको समयमा चालक निदाएर दुर्घट्ना भएको हुन सक्ने अनुमान गरेको छ । यसै विच नेपाली काँग्रेस स्याङ्जाले एक विज्ञप्ती जारी गर्दै सवारी दुर्घट्नामा ज्यान गुमाएका गिरी प्रति गहिरो दुख व्यक्त गरेको छ । नेपाली काँग्रेसले एक सच्चा नेता गुमाएको र स्याङ्जा काँग्रेसलाई ठुलो क्षती पुगेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया