किसानको उत्पादनबस्तुको बजारीकरणको जिम्मेवारी नगरले लिन्छ ःप्रमुख प्रशासकीय अधिकृत शर्मा

गल्याङ् ।
गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले स्थानीय साधन स्रोतहरुको प्रयोग गरेर नियमित उत्पादन र गुणस्तरीय बस्तुहरु उत्पादनको बजारीकरणमा नगरपालिकाले जिम्मेवारी लिने बताएका छन् । गल्याङ नगरपालिकाको आयोजनामा आयोजित वडा नं.२ लेमभित्ता स्थित मगर भवनमा “गल्याङ नगरको समृद्विका आधार, सामाजिक विकास र न्यायसंगै कृषि उद्योग, पर्यटन र पूर्वाधार” भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम (मेडपा) बजारीकरणमा सहयोग तथा प्रमाणपत्र वितरण कार्यक्रमको उद्घाटन गर्दै स्थानीय सरकारले किसानको उत्पादित् बस्तुको जिम्मेवारी लिने बताएका हुन् ।

बजारको अभाव भयो भनेर दोस लगायर बस्नेमात्रै होईन भन्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले उत्पादनमा बृद्वि गरेर आर्यआर्जनमा सरिक हुन आग्रह गरे । ठूलो परिमाणमा व्यावसायीक तबरले बस्तु उत्पादन भएमा बजारीकरणको चिन्ता नलिन सहभागी किसानहरुलाई आग्रह गरे । अर्को आर्थिक बर्षमा धेरै भन्दा धेरै महिला दिदीबहिनीहरुलाई सीपमूलक तालिममा सहभागीता गराउने गरि नगरपालिका अगाडि बढेको बताए । यस्ता कार्यक्रमले समाजमा रहेको गरिबी निवारणमा टेवा पुग्नुको साथै स्थानीय साधन स्रोतको सहि रुपमा परिचालन हुने र रोजगारीको सिर्जना हुने कुरामा विश्वास व्यक्त गरे ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.२ का वडाअध्यक्ष खर्क बहादुर थापा(अशोक), वडा नं.७ का वडाअध्यक्ष झविलाल पाण्डे, वडा नं.८ का वडाअध्यक्ष झिम बहादुर थापा, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोल प्रसाद श्रेष्ठ (धुर्व) गल्याङ नगरपालिका वडा नं.१ का वडा सदस्य डोलमाया वस्याल, प्रशिक्षकको तर्फबाट पुष्पा अर्याल, सुनिता अधिकारी सहभागीहरुको तर्फबाट अस्मिता खनाल, नारायणी पाठक लगायतले बोलेका थिए । चप्पल बनाउने, सिलाईकटाई, अचार बनाउने, बुटिक भर्ने, साबुन बनाउने लगायतका विभिन्न समुहका १५० जनालाई तालिम प्रदान गरिएको थियो । कार्यक्रममा तालिममा उत्पादन गरिएका वस्तुहरु प्रदर्शन समेत गरिएको थियो । पशुसेवा शाखा प्रमुख शुशिल अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य मेडपाका कर्मचारी प्रकाश भट्टराईले र सञ्चालन गल्याङ नगरपालिकाका कम्प्यूटर अपरेटर साधना न्यौपानेले गरेकी थिइन् ।

 

प्रतिक्रिया