वालिङ नगले उठायो झण्डै ४ करोड राजस्व

वालिङ ।
वालिङ नगरपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा झण्डै ४ करोड राजस्व संकलन गरेको छ । २०७९ साउन १ गते देखि २०८० असार ५ गते सम्म नगरपालिकाले ३ करोड ९१ लाख ९५ हजार ९० रुपैया राजस्व संकलन गरेको हो । नगरपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि राखेको लक्ष्य नजिक पुगेको संकेत देखाएको छ । घर जग्गा रजिष्ट्रेसन, सम्पति कर, घरबहाल कर, सम्पति कर, नक्सापास कर लगायत २६ प्रकारका सेवा बापत नगरपालिकाले आन्तरिक कर उठाउदै आएको छ ।
आर्थिक बर्ष २०७९÷०८० का लागि नगरपालिकाले झण्डै ६ करोड भन्दा बढी राजस्व उठाउने लक्ष्य लिएको थियो । जग्गाको आर्थिक कारोवार नहुँदा नगरपालिकाले सोचे अनुसारको राजस्व संकलनमा भने धक्का पुगेको छ । घरजग्गाको कारोवार यो बर्ष ठप्प भयो लेखा प्रमुख ज्ञानप्रसाद अर्यालले भने,‘जसले गर्दा घरनक्सा, सिफारीस सबै बन्द भए ।’ लक्ष्य पुरा हुन नसकेपनि आर्थिक मन्दीका कारण अहिले सम्म संकलन भएको राजस्व सन्तोषजनक छ उनले भने । नगरपालिकाले सिफारीस दस्तुरबाट सबै भन्दा धेरै राजस्व संंकलन गरेको तथ्याङ्क देखिएको छ । जसबाट हालसम्म ६० लाख ६० हजार ६ सय २६ रुपैया राजस्व संकलन गरेको छ ,

दोस्रोमा सम्पति कर, तेस्रोमा घर बहाल कर र चौथोमा नक्सापास दस्तुरबाट राजस्व संकलन धेरै उठेको तथ्याङ्क देखिएको छ । सम्पति करबाट ५२ लाख ८४ हजार ३ सय ७५, घर बहाल करबाट ४५ लाख २८ हजार ९२०, नक्सापास दस्तुरबाट ४१ लाख ३२ हजार ३२१ रकम राजस्व संकलन गरेको वालिङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले सबैभन्दा थोरै कर स्वास्थ्य सेवा करबाट उठाएको छ । हालसम्म यो सेवाबाट १ हजार राजस्व संकलन भएको छ ।
अहिले सम्म संकलन भएको राजस्वमा ढुङ्गा, गिट्टी र बालुवाको दस्तुर राखिएको छैन । यसबाट झण्डै ४० लाख राजस्व जम्मा हुने नगरपालिकाले जनाएको छ । ६ करोड भन्दा बढीको लक्ष्य लिइएपनि ५ करोड भन्दा बढी राजस्व असार मसान्त सम्म संकलन हुने विश्वास नगरपालिकाले लिएको छ ।

प्रतिक्रिया