प्राध्यापक संघको अध्यक्षमा कुँवर

वालिङ ।
वालिङ बहुमुखी क्याम्पसको प्राध्यापक संघ इकाई समितिको अध्यक्षमा यामबहादुर कुँवर सर्वसहमतिले निर्वाचित भएका छन् । प्रगतिशिल समुह र प्रजातान्त्रिक समुह विचको सहमतिमा आधा—आधा कार्याकाल अध्यक्ष बन्ने सहमतिपछि कुँवर पहिलो कार्याकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । काँग्रेस, एमाले र माओवादी समर्थक प्राध्यापकहरु बिच सहमतिको लामो प्रयासपछि बिहिवार वालिङ बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई अधिवेसन सम्पन्न भएको छ । ३ बर्षे कार्याकाल रहेको संघमा साढे १ बर्ष कुँवर र अर्को साढे १ बर्ष प्रजातन्त्रवादी प्राध्यापक संघले नेतृत्व लिने सहमति भएको बताइएको छ ।

निर्वाचन समितिका संयोजक पुर्व क्याम्पस प्रमुख सचिदानन्द यादवका अनुसार समितिको उपाध्यक्षमा बिष्णुप्रसाद भण्डारी, सचिवमा मधुशुदन आचार्य, सहसचिवमा अमृत प्रसाद खनाल, कोषाध्यक्षमा इन्दु श्रेष्ठ सर्वसहमतिमा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा भीमप्रसाद पंगेनी, गोपालधन सुवेदी, यामबहाहदुर जिसी, पदमपानी काफ्ले, कमलराज लम्साल र टोलप्रसाद लुईटेल सर्वसहमतिमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक यादवले जानकारी दिए ।

क्याम्पसमा संचालक समितिले आर्थिक संकटकाल घोषणा गरेर अगाडी बढेका बेला नयाँ निर्वाचित प्राध्यापक संघले त्यसको समयस्याको समाधानको चुनौती थपिएको छ । झण्डै दुईबर्ष देखी तलब नपाएका प्राध्यापकको आर्थिक समस्या र क्याम्पसमा देखिएको आर्थिक संकटको समाधानमा प्राध्यापक संघको महत्वपुर्ण भुमिका रहने विश्वास गरिएको छ । लामो समय प्राध्यापक संघ इकाईको नेतृत्व गर्दै आएका कुँवर पुन प्राध्यापक संघको अध्यक्षमा निर्वाचित भएपछि क्याम्पसको आगामी बाटो कसरी अगाडी बढ्छ भन्ने बिषय अहिले चर्चा हुदै आएको छ । क्याम्पसमा संचालक समितिले प्राध्यापकहरुलाई तलबभत्ता नदिएर उल्टै अपमान गरेको महशुष गरेका बेला नयाँ समितिले कस्तो भुमिका खेल्छ भन्ने बिषय पनि उत्तिकै चलेको एक प्राध्यापकले बताए ।

प्रतिक्रिया