लोकतान्त्रिक राज्यव्यवस्थामा जनप्रतिनिधि सेवक हुन् ः सांसद तिवारी

वालिङ ।
गण्डकी प्रदेश सांसद कल्पना तिवारीले विकास बजेटमा व्याक्ति हावी हुनथालेको प्रति ध्यानाकर्षण गरेकी छन् । गण्डकी प्रदेशको प्रदेश सभाको शुन्य समयमा बोल्दै सांसद तिवारीले नेपालको संविधान अनुसार तिनैतहका सरकारले अहिले बजेट प्रस्तुत गरिरहेको र उक्त बजेटमा व्यक्ति हावी भएको आभास जनतालाई हुन थालेको बताएकी हुन् । लोकतान्त्रिक राज्य व्यवस्थामा जनप्रतिनिधि सेवक भएको बताउदै जनप्रतिनिधि सेवकका रुपमा प्रस्तुत हुन सांसद तिवारीले सभामा सचेत गराएकी छन् । जनताले तिरेको करलाई तोडमोड गरेर मैले बजेट पारेको छु भन्ने सन्देश दिदा जनताका नैरस्यता बढेको धारणा व्यक्त गरीन् ।

बजेटको दुरुपयोग गर्ने काम हुन थालेको प्रति लक्षित गर्दै सांसद तिवारीले जनताले तिरेको करलाई जनताकै विकासमा खर्च गरिएको सन्देश दिनुपर्ने बताइन् । विकासमा कसैले घरबाट वा व्यक्तिगत लगानी गरेजस्तो सन्देश दिदा सरकारको गरिमा माथी आँच आउन थालेको र जनप्रतिनिधि प्रति जनताको विश्वास गुम्ने अवस्था सिर्जना हुन थालेकोले सबै सरकारका मन्त्री देखि जनप्रतिनिधि सेवकै रुपमा प्रस्तुत् हुन तिवारीले प्रदेश सभाको शुन्य समयमा सुझाइन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा योजनाहरुलाई व्याक्तिको नाम तोकेर प्रचार प्रसार गर्नेक्रम बढेको छ । यसरी नामै तोकेर सांसद वा मन्त्रीको प्रचार प्रसार गर्ने र चाकडी गर्ने बिषयको अन्त्य हुनुपर्ने नागरिकतह बाटै प्रश्न उठेका छन् । यही बिषयलाई प्रदेशसभाको शुन्य समयमा नेपाली काँग्रेसको गण्डकी प्रदेश उपसभापति समेत रहेकी सांसद तिवारीले यस्तो तडकभडक नगरेर जिम्मेवार बन्नुपर्ने सुझाव दिएकी हुन् ।

प्रतिक्रिया