कर्मकाण्डमा सीमित किन गुरु पूर्णिमा ?

टंक गैह्रे,

गुरु पूर्णिमालाई ज्ञान , चेतना, शतिm, सामथ्र्यका रुपमा भन्दा पनि आज मनाइएको परम्पराले औपचारिकता मात्र प्रदान गरेको छ । गुुरु ज्ञान,कर्म,धैर्य र ध्यानको समन्वय हो । गुरु शब्दलाई अन्धकारमा रुमल्लिएकालाई ज्ञानरुपी उज्यालो आत्मिक चेतना दिने शतिmका रुपमा बुझिन्छ । प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमाका रुपमा मनाउने गरिन्छ । आषाढ शुक्ल पक्षका रात आकाशमा अन्धकार नभई पूर्ण चन्द्र हुने भएकाले उज्यालो रात हुने यस दिनलाई पूर्णिमा भनिन्छ । पूर्णिमाका दिन वेद, पुराण, महाभारतका रचयिता कृष्ण द्घैपायन् वेद्व्यासको पनि जन्म भएकोले यस तिथिलाई ब्यास पूर्णिमा पनि भनिन्छ । वाल्मीकि ऋषिको जयन्ति पनि गुरु पूर्णिमा कै दिन मनाउने गरिन्छ । हिन्दु, जैन, बुद्घिष्ट, शिखहरुले गुरु पूर्णिमालाई भव्यताका साथ मनाउने गर्दछन । शिवलाई प्रथम गुरुका रुपमा लिइन्छ भने विष्णु भगवान द्घितीय गुरुका रुपमा लिइन्छ । विष्णु भगवानका अंश कृष्ण दैपायन हुन । बह्रमा , विष्णु, महेश्वर नै सृष्टिका रचयिता भएकाले सृष्टिकर्ता सरह गुरुहरुको स्थान मानिन्छ । पवित्र र पावन भगवानरुपी गुरुहरु तिरस्काररुपी हुनुका अवयवहरु के के हुन ? अहिलेको वर्तमान समयमा गुरुको महत्व र गरिमाको ओझ ओझलमा किन के कारणले परेको छ । किन के कारणले गर्दा गुरुको गुरुत्वाकर्षण घटिरहेको छ ।अर्थरुपी समाजमा ज्ञानरुपी गुरुप्राप्त गर्न किन कठिन देखिएको छ । बजारमा स्वघोषित गुरुको उपमा दिएर जसलाई सम्मान गर्दा पनि गुरु भनेर बोलाउने परिपाटी समाजमा व्याप्त के कारणले भैरहेको छ । । अहिलेको समयमा गुरुलाई मान सम्मान भन्दापनि अपमान र तिरस्कार गर्ने चलनले गर्दा पनि समाजमा छलकपट, लुटपाट, भष्ट्रचार बढिरहेको छ । समाजमा व्याप्त विकृति र विसंगति हटाउन असल गुरुहरु र असल शिष्य हुन आवश्यक रहेको छ । गुरु र शिष्यको सम्बन्धको परम्परा हराउनु, एकदिन मात्र गुरुको महत्व दर्शिनुका अवयवहरुका कारणले सामाजिक विकृति बढिरहेको छ । गुरुहरुमा गुरुत्व नभएर नै समाज विकृत बनेको हो । वर्तमान समयका गुरुहरुमा गुरुत्व घटनु, एक दिन मात्रै गुरुको चर्चा उपचर्चा गर्नाले के वास्तविक गुरु कृपा हुन्छ विश्वविद्यालय, विद्यालयहरुले यस्तै परम्परालाई निरन्तरता दिनु गुरु पूर्णिमाको सन्देश हो ।

अवश्य पनि गुरु शिष्य परम्परा सदाका लागि हुनु पर्दछ । गुरु भित्र रहेका स्वार्थी , लोभी, लालची,माया, मोहका विषयवस्तुहरु हराउदै ज्ञान भाव प्रकट भएमा एकदिन समाजमा देखिएको विकृति र विसंगति हटेर सभ्य समाज अवश्य निर्माण हुने छ । गुरु ज्ञान र कर्ममा भन्दा पनि अर्थमा लिप्त भएकोले भष्ट्रचारी प्रवृति वृद्घि भएको हो । चेतना र विवेकको अभ्यास कमीको कारणले गुरुत्व घटेको हो । केही निजी लगानीमा मुनाफा आर्जन गर्ने संघ संस्थाहरुको कारणले गुरुमा घटेको छ । समय सन्र्दभ अनुसारको गुरुहरुको प्राविधिक ज्ञानको कमीको कारणले महिमा कम रहेको हो । गुरुहरुलाई प्राचीन मूल्य र मान्यता पालना गर्दा नयाँ आधुनिकता अहिलेको आधारभूत समाजको आवश्यकता समेत बोध नहुनुले गुरुहरु ओझेलमा परेका हुन । चेतनाको दुनियाँमा, प्रविधिको संसारमा अहिलेका शिक्षार्थीहरुमा अनुशासन, नैतिकता, इमानदारिता, असलनियत, सदाचार हुनु आवश्यक रहेको छ पूूर्वीय ज्ञान, पाश्चात्य शैलीको अनुशरण गर्ने शैलीमा परिमार्जन गर्न आवश्यक देखिन्छ । गुरुमा हुने.शिक्षा र साधनाको कमीका कारण पनि महत्व कम भएको हो धर्मका नाममा देखिएका विकृति र विसंगति हटाउदै ज्ञानको संसार फिजाउन अहिलेको आवश्यकता देखिन्छ ।अहिलेको विज्ञान र प्रविधिको युगमा समय सन्र्दभ अनुसारको कर्म र ज्ञानको समायोजन गुरुहरुले गर्ने पर्दछ ।

गुरुबह्रमा, गुरुविष्णु,गुरुदेवो महेश्वर

गुरु साक्षात पर बह्रमा तस्मै श्री गुरवे नम ः

ध्यानमूलम गुरुमुर्ति, पूजामुलम गुरो पदम

मन्त्रमूल गुरोर्वाक्य मोक्षमूल गुरोः कृपा ।

गुरुलाई बह्रमा, विष्णु, महेश्वरका साक्षात् रुपमा मानिएको छ । भक्तिm, मुक्तिm र ऐश्वर्य प्रदान गर्ने व्यतिmत्व नै गुरु हो । ध्यान , ज्ञान , धैर्य र कर्मको साधनाको देन गुरु हो । अभिभावकले जीवन दिए भने गुरुहरुले नै बाँच्न सिकाउने ज्ञान दिनु भएको छ । मानवता, इमान्दारिता, सद्विचार, सदाचार, सद्ज्ञान, सदमार्ग, सद्चरित्र देखाउने व्यक्तिm नै गुरु हो । शास्त्रहरुमा विद्या गुरुणाम् गुरु भनेर विद्यालाई नै गुरु मानेको छ । वास्तवमा गुरु भनेको ज्ञान नै हो । पतिरेको गुरुस्त्रीणाम, अमोक्षो धर्मविवाहानाम भनेर पतिलाई नै पत्निहरुको गुरुका रुपमा लिएको पाईन्छ । वेदका रचयिता वेदव्यासकालीन समयबाट नै गुरु शिष्यपरम्परा स्थापित भएको हो ।

गकार सिद्घिद् प्रोतmो रेफो पापस्य हारक

उकारो विष्णुरव्यक्तm प्रीतयात्मा गुरुः पर ः ।

अन्धकारबाट हटाई ज्ञान रुपी उज्यालो दिने व्यक्तिm नै गुरुको दर्जामा उभिन सकछन । वर्तमान समयमा समाजलाई देखावटी गुरु भन्दापनि ज्ञान, ध्यान, धैर्य, कर्म सिकाउने गुरुको आवश्यकता रहेको छ । पूर्वीय र पाश्चात्य समाजमा गुरु पादरी, पोपहरुलेराज्य सञ्चालन गर्ने परम्पराबाट नै राजनीतिको शुरुवात भएको हो । अहिले गुरुहरुको हातबाट राज्य सञ्चालन नहँुदा समाजमा विकृति र विसंगति बढिरहेको छ । आडम्बरी, लोभी, लालची, काम,कोध्र, माया मोह गुरु गुण होइन । गुरुहरु सरल, सादगी, भतिm, मुतिm, ऐश्वर्य, ज्ञान, ध्यान, धैर्य र कर्म सिकाउने भएमा समाजमा देखिएका विकृत परम्परा आफै विनाश भएर जान्छन । नत्र एकदिन मनाइने गुरु पुर्णिमा कर्मकाण्डीमात्र हुन्छ ।

प्रतिक्रिया