भीरकोटमा एकल महिलाको सशक्तिकरणका लागि कार्यक्रम

 

भीरकोट ।

 

 

 

जिल्लाको भीरकोटमा एकल महिलाको सशक्तिकरणका लागि  १ दिने कार्यक्रम सम्पन्न भएको छ । एकल महिला सशक्तिकरण र विकासका लागि सामाजिक विकास कार्यालयले आयोजना गरेको कार्यक्रममा एकल महिलाहरुको मानव अधिकार, शान्ति निर्माण प्रक्रिया र विकासका कार्यमा अर्थपूर्ण सहभागिता लगायतका विषयमा छलफल भएको छ । मानव अधिकारको लागि महिला, एकल महिलाको अधिकार लगायतका विषयमा हुमनाथ तिमिल्सीनाले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा एकल महिलाका क्षेत्रमा कार्यरत नगरभित्रका ४० अगुवा एकल महिलाहरुको सहभागीता थियो ।

 

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले एकल महिलाको सवलीकरणका लागि एकीकृत कार्यक्रम ल्याउन नगरपालिकाको ध्यान केन्द्रित भएको बताए । महिला माथि हुने हिंसा तथा भेदभाव हटाउनका लागि आफुहरु प्रतिवद्ध रहेको उनको भनाई थियो । नगर उपप्रमुख भगवती रेग्मी अर्यालले एकल महिलाहरुको  हकहित र संरक्षणको लागि आफु लागिरहेको भन्दै महिला सशक्तिकरणका निम्ति विभिन्न कार्यक्रम लिएर वडा तहमा पुग्ने बताईन्। अर्यालले आफु उपप्रमुख हुदैगर्दा महिला अधिकारका क्षेत्रमा काम गर्न थप हौसला र उर्जा मिलेको बताईन् ।

 

 

प्रतिक्रिया