मालुङ्गामा स्टेज उद्घोष र माइन्युट लेखन तालिम
गल्याङ् ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले हरेक मानिस शिष्ट र अनुशासन भएर आफ्नो जीवनलाई सुब्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् । शनिबार स्याङ्जाङ्जाको गल्याङ नगरपालिकाको आर्थिक सहयोगमा गल्याङ नगरपालिका वडा नं.१ मालुङ्गा स्थित वडा भवनमा आयोजित स्टेज उद्घोषण तथा माइन्युट लेखन ६ दिने तालीमको समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टराईले मानिसमा अनुशासित बन्न आवश्यक रहेको बताएका हुन् । नगर प्रमुख भट्टराईले बोल्ने पनि मानिसको एउटा कला हो त्यसलाई सहिरुपमा प्रयोग गर्न सके सफलता मिल्ने बताए । मानवीय जीवनलाई सहज र प्रभावकारी बनाउन र हरेक योजनाहरुलाई कागजी प्रक्रिया पुरागर्नका लागि भाषाको माध्यमबाट लेख्नु पर्ने भएकाले लेखन सीपको विकासका यस्तो तालिमले नागरिकलाई सहजता मिल्ने विश्वास व्यक्त गरे ।
मानिसलाई सीप दिन सकियो भनेमात्रै आत्मनिर्भर बनाउन सकिने र आम्दानीको पक्षमा जोडेर अगाडि वढ्न टेवा पुग्ने भएकाले हरेक गाउँबस्तीमा यस्ता तालिम सञ्चालन गर्न आवश्यक रहेको बताए । हामीले नगरपालिका भित्रका जनतालाई देखिने गरि विकास निर्माणको अभियान थालनी गरेको र त्यसको सकरात्मक सन्देश जनताका माझमा लगेर अनुभूती दिने प्रयासमा नगरपालिका लागेको बताए ।
कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले महिला दिदीबहिनीलाई सीप सिकाएर आर्यआर्जनको बाटो बलियो बनाउने र नगरले गरेका कामलाई प्रचार गरिदिन समेत आग्रह गर्दै तालीममा सिकेको सीपलाई जीवन उपयोगी बनाउन आग्रह गरीन् । कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.१ का वडासदस्य बिक्रम पाण्डे, डोलमाया बस्याल, सहभागीको तर्फबाट सरस्वती बस्याल, निर्मला न्यौपाने पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो । गल्याङ नगरपालिका वडा नं.१ का वडाअध्यक्ष मणि प्रसाद बस्यालको अध्यक्षताम भएको कार्यक्रमको स्वागत मन्तव्य वडासदस्य पम्फा नेपालीले र कार्यक्रमको सञ्चालन संजीवनी न्यौपानेले गरेका थिए ।
प्रतिक्रिया