स्याङ्जामा नयाँ भाडादर लागू गराउन अनुगमन गर्दै ट्राफिक प्रहरी

गोपीकृष्ण रेग्मी,
चापाकोट।
स्याङ्जामा नयाँ भाडादर कायम गर्नका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम अगाडि बढाएको छ । जिल्लाका ग्रामिण तथा पक्की सडकमा गुड्ने सवारी साधनहरुले मनपरी भाडा असुल्ने गरेको भन्दै जिल्लाले प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा बैठक बसि केही दिन अघि मात्रै नयाँ भाडादर कायम गरेको थियो । उक्त भाडादर कायम गर्नका लागि यस भन्दा अगाडि कहिल्यै ट्राफिक नपुगेको गाउँमा पुगेर सचेतना कार्यक्रम सन्चालन गरिएको गल्याङ ट्राफिक पोस्टका इन्चार्ज मिथलेस यादवले जानकारी दिए । कालीगण्डकी गाउँपालिका वडा न १ हटियामा स्थानीय नागरिक र यातायात धनिहरुलाइ एकै ठाउँमा भेला गराएर नयाँ भाडादर यातायातका साधनमा टास्नु पर्ने र यातायातका साधनहरुले बढी भाडा लिएमा प्रहरीलाई सम्पर्क गरेमा कारर्बाही गरिने यादवले जानकारी दिए ।

गाउँमा कहिल्यै ट्राफिक नआउने बढी भाडा लिएको गुनासो गरे पछि कतै जानू पर्दा गाडी नरोक्ने सवारी धनी रिसाउने जस्ता समस्याले गुनासो नगरिने स्थानीयले गुनासो गरेका थिए । स्नीय नागरिकको सेवाको लागि ट्राफिक प्रहरीले जिल्लाका सबै कच्ची तथा पक्की सडकमा लागू भएको भाडा लिन आग्रह गरेको छ । यदि नयाँ भाडा दर कायम नभएको जनगुनासोको आधारमा कारर्बाही गरिने कालीगण्डकी यातायात समिति गल्याङका कार्यलय सचिव प्रकाश भट्टराईले बताए । पक्की सडकमा गण्डकी प्रदेशले समायोजन गरेको भाडादरका आधारमा बस यात्राका लागि प्रतिब्यक्ति प्रति किलोमिटर ५ रुपैंया ५० पैसा र जीपमा प्रतिब्यक्ति प्रतिकिलोमिटर ६ रुपैंया कायम गरिएको छ । यसैगरी, कच्ची सडकमा बसका लागि प्रतिब्यक्ति प्रतिकिलोमिटर ११ रुपैंया र जीपका लागि भने १२ रुपैंया तोकिएको छ ।

प्रतिक्रिया