स्याङ्जा काँग्रेसका कार्यकर्ताले भने— ‘विपीको विचार ओझेलमा’

स्याङ्जा ।
नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवस स्याङ्जामा विधि कार्यक्रम गरी मनाइएको छ । नेपाली काँग्रेस स्याङ्जाले जिल्लाका ११ ओटै पालिकामा बृक्षारोपण, रक्तदान र विचार गोष्ठि गरी आफ्ना संस्थापक नेताको संम्झनामा विविध कार्यक्रम गरी मनाएका हुन् । वालिङ नगर समितिले आयोजना गरेको ४१ औं विपी स्मृति विचार गोष्ठिमा बोल्ने बक्ताहरुले विपीको विचार काँग्रेसमा ओझेलमा पर्न थालेको प्रति चिन्ता व्यक्त गरेका थिए । विपी कोइरालाले दिएको विचार अहिले पनि सान्र्दभिकता रहदै आएको र काँग्रेस भित्र विपीको विचारलाई ओझेलमा पारिदा कमजोर हुदै जान थालेको बताएका थिए ।

विपीका विचार अहिलेपनि महान छन् काँग्रेस नेता गण्डकी प्रदेश सांसद भोजराज अर्यालले भने,‘विपीका विचारलाई ओझेलमा पार्ने षड्यन्त्र हुन थालेका छन् ।’ काँग्रेसको विगत र वर्तमानको समिक्षा गर्दा विपीले दिएको विचारलाई ओझेलमा पार्न खोज्दा कमजोर बन्दै जान थालेको महशुष भएको छ उनले भने । भुई मान्छेलाई हेरेर नीति बनाउनुपर्छ भन्ने विपीको सिद्धान्त लत्याउदै व्याक्ति बनाउने ध्याउन्नमा पार्टी नेतृत्व लागेको आरोप सांसद अर्यालको थियो । हरेक बर्ष विपीलाई सम्झने मात्रै काम गरेर काँग्रेस बलियो नबन्ने तर्क दिदै सांसद अर्यालले विपीको विचारलाई हरेक दिन पुर्नताजकी बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारीले जनप्रतिनिधि शासक नभएर जनताको सेवक भएको बताइन् । विपी कहिल्यै शासक बन्ने प्रयत्न नगरेको स्मरण गर्दै उपसभापति तिवारीले जनप्रतिनिधि जनताको सेवक हो भन्ने उदाहरण देखाउनुपर्ने बताइन् । विपी स्मृतिको सम्झना मात्रै विपीको बखान गर्ने तर पछि बिर्षने परिपाटीले संगठन बलियो नबन्ने तिवारीको भनाई छ । जनताको आकांक्षा अनअुसार सरकारले नीति र विकासमा जोड दिनुपर्ने धारणा उनको थियो ।

वालिङ ८ विपीचोकमा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव दामोदर लम्साल, महाधिवेसन प्रतिनिधि अर्जुनप्रकाश अर्याल, पुर्व कार्यबहाक सभापति मुक्तिप्रसाद सुवेदी, ट्रेड युनियन काँग्रेसका पुर्व अध्यक्ष जिवलाल काफ्ले, वडा नम्वर ८ का सभापति कमलप्रसाद सुवेदी, वालिङ नगर उपसभापति सिता थापा, नगर सचिव सागर कुँवर लगायतका बक्ताहरुले विपीको विचार मर्न दिननहुने बताएका थिए । वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेको सभापतित्वमा ४१ औं विपी स्मृति दिवसको अवसरमा विचार गोष्ठि सम्पन्न भएको थियो ।

नेपाली काँग्रेस स्याङ्जाले पुतलीबजारको भालुपहाडमा बृक्षारोपण गरेको थियो भने नेपाल तरुणदल भीरको नगरले रक्तदान कार्यक्रम सम्पन्न गरेको कार्यबहाक सभापति केदार काफ्लेले जानकारी दिए । रक्तदान कार्यक्रमको नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा संघिय सांसद राजु थापाले गरेका थिए । थापाले नेपाल तरुणदलको केन्द्रिय सदस्यमा स्याङ्जाबाट मनोनय भएका तरुणहरुलाई सम्मान गरेका थिए । सभापति थापाले तरुणदल काँग्रेसको बलियो खम्बा भएको बताउदै स्याङ्जा काँग्रेसलाई क्रियाशिल बनाइराख्न सब तरुणहरुलाई आग्रह गरे ।

प्रतिक्रिया