सशस्त्र गुल्मपतिको ‘फेरी भेटौला’ विदाई

वालिङ ।
आँधीखोला सञ्चार सहकारीले सशस्त्र प्रहरी बल ३० नं. गुल्म स्याङ्जा वालिका गुल्मपति राजनलाल श्रेष्ठलाई फेरि भेटौंला कार्यक्रम गर्दै विदाई गरेको छ । आँधीखोला सञ्चार सहकारी संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले सूचना र सञ्चारका क्षेत्रमा रेडियो र शान्ति सुरक्षाका दृष्टिले दुई कार्यालय एकै ठाउँमा रहेर जिल्लामा प्रभावकारी भूमिका खेल्दै आएको स्मरण गरे । शान्ति सुरक्षाको महशुष त्यतिबेला भयो जतिबेला रेडियो कार्यालयमा दैवि विपत्ति प¥यो उनले भने, ‘शान्ति सुरक्षासहित दैवी विपत्तिका क्षेत्रमा शसस्त्र प्रहरीले गरेको कार्य प्रशंसनीय रहेको छ ।’

आफु जहाँ भएपनि स्याङ्जाको हार्दिकता कहिल्यै पनि नभुल्ने गुल्मपति श्रेष्ठले बताए । दैवी विपत्तिका क्षेत्रमा सक्रिय भई गरेका कामहरुले आनन्द दिएको बताए । एकवर्षे कार्यकालमा सबैको सहयोग, सुझावले सफल भएको र उर्जा थपेको श्रेष्ठले बताए ।

गुल्मपति श्रेष्ठलाई जिल्ला सुरक्षा समिति, निजामती कर्मचारी संघ, नेपाल पत्रकार महासंघ लगायतका विभिन्न सामाजिक संघसंस्थाले आगामी दिनको कार्यकाल सुखद कामना गर्दै विदाई गरेका थिए । स्याङ्जा बसाइृका क्रममा गुल्मपति श्रेष्ठले शान्तिसुरक्षा सहित विपद्मा घट्नामा खेलेको भुमिकाको सबैले महत्वका साथ चर्चा गरेका थिए ।

 

प्रतिक्रिया