फेदिखोलाको बालगृहलाई खाद्यन्न सहयोग

रमेश गोदार,
स्याङ्जा ।
नेपाल निजामती कर्मचारी संगठन स्याङ्जा जिल्ला कार्य समितिले शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा बालगृहलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । संगठनले फेदिखोला गाउँपालिका वडा नं. १ कटुस्वारामा रहेको अमोर सेवा नेपालद्धारा संचालित बालगृहका लागि खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले अभिभावक विहिन बालबालिकाहरुको अभिभाकत्व लिईरहेको बालगृहलाई सबैले सहयोग गर्दै आएको बताए । बालगृहको व्यवस्थाापनका लागी गाँउपालिकाले समेत सहजीकरण गर्दै आएको भन्दै विभिन्न समाजसेवी व्यक्तिहरुले बालगृहमा गरेको सहयोगले बालगृह संचालनमा सहयोग पुगेको अध्यक्ष सुवेदीको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति, स्याङ्जाका सदस्य निरमाँया कार्की, संग्ठनका केन्द्रिय सदस्य राजु मरासिनी, पेशागत महासंघ अध्यक्ष ताराचन्द्र ढकाललगायतले मन्तव्य राखेका थिए । साथै सोही अवसरमा संगठनले वृक्षरोपण कार्यक्रम समेत सम्पन्न गरेको छ । संगठनका जिल्ला अध्यक्ष अमरबहादुर पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव राजेश कुंवरले गरेका थिए भने स्वागत मन्तव्य रमेश विक र धन्यवाद बालगृहकी संचालिका कमला पराजुलीले गरेकी थिइन् ।

प्रतिक्रिया