पेशा व्यवसायमा धैर्यता आवश्यक—प्रदेश सांसद तिवारी
कला राना—वालिङ ।
गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले गण्डकी प्रदेशले अब उत्पादन साथमा अनुदान हातमा भन्ने नारालाई कार्यान्वयनमा ल्याउने बताएकी छन् । वास्तविक कृषकले अनुदान पाउनको लागी प्रदेशले यस्तो नीति लिएर अगाडि बढेको भन्दै झोलामा फर्म लिएर हिडंने नक्कली कृषकलाई सरकारले प्राथामिकता नदिने बताइन् । बुधबार वालिङमा एम जि नर्सरी फर्मको उद्दघाटन गर्दै प्रदेश सांसद तिवारीले झोले कृषकका कारण नेपालको कृषिक्षेत्र खस्किएको उनको भनाई थियो । पेशा व्यवसायमा धैर्यता आवश्यक रहने भन्दै स्थापना भन्दा निरन्तरता पहिलो प्राथामिकता रहेको सांसद तिवारीको भनाई छ ।
वालिङमै ठुलो नर्सरीको स्थापना गरीनु यहाँका नागरिकको लागी खुसीको कुरा भएकाले फलफुलका विरुवा, फुलका माला दुबोको मालालगायत यहाँका स्थानीयको आवश्यकताको आधारमा आफ्नो व्यवसायलाई अगाडि बढाउन नर्सरी संचालकलाई सांसद तिवारीको सुझाव थियो । फुलको मालालगायत फुलजन्य वस्तुमा यहाँको पैसा धेरै विदेशीने अवस्था रहेको भन्दै नेपालको पुँजी नेपालमै राख्न सकियो भने देशको अर्थतन्त्र बलियो बन्ने सांसद तिवारीको भनाई छ ।
कार्यक्रममा नेपाली कांगे्रस जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, रिद्धिसिद्धि बचत तथा ऋण सहकारीका अध्यक्ष मुक्तिप्रसाद पाण्डेलगायतले आयातलाई प्रतिस्थापन गरी निर्यातलाई प्रोत्साहन गर्नुपर्ने बताए । फलफुलका लागी देशको धेरै पुँजी बाहिरिएको अवस्थामा वालिङ स्थित उद्योग, फर्म, व्यवसाय थपिनु निकै राम्रो रहेको वक्ताहरुले बताएका थिए ।
वालिङ ८ केदारनाथ मार्ग स्थित ४.२ आनामा रहेको नर्सरी फर्मले छिट्टै फुलखेति गरी जिल्लामा बाह्रैमासे फुल तथा फुलको माला पु¥याउने नर्सरी संचालक गौरी अधिकारी न्यौपानेले बताबताइन् । गौरी सहित, सुशिला भट्टराई, मोहनीलाल रिजाल गरी ३ जनाले सामुहिक रुपमा नर्सरी उद्योगको शुरुवात गरेको बताइएको छ ।
बाँझो रहेको जग्गाको सदुपयोग गरी बाँदरले समेत असर नगर्ने फुल खेति मार्फत जिल्लालाई मालामा आत्मनिर्भर बनाईने उनको भनाई छ । नर्सरीले अन्य उद्यमीहरुले उत्पादन गरेको माला तथा विरुवाहरुलाई समेत बजारीकरण गरिदिने अर्को संचालन मोहनीलाल रिजालले बताए । स्याङ्जामा माटो सुहाँउने, बाह्रमासे आँप, कटहर, लिचिलगायतका विरुवा, घर सजावटका लागी आवश्यक विरुवालगायत फलफुलका विरुवाहरु, गमलाहरु, गमला राख्ने स्याण्डहरुको विक्रि वितरण गर्ने उद्देश्यका साथ नर्सरी स्थापना गरिएको संचालनकले बताएका छन् । फलफुलका पारखीहरुलाई अब यो उद्योगले परिपुर्ती गर्ने बताइएको छ ।
प्रतिक्रिया