मिटरव्याज पिडितलाई निवेदन दिन प्रशासनको आब्ह्रान
स्याङ्जा ।
अनुचित लेनदेनमा पिडित भएका व्याक्तिहरुलाई पुन निवेदन दिन जिल्ला प्रशासनले आब्ह्रान गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुचित लेनदेन(मिटरव्याज) मा पिडित भएका व्यक्तिले पुन निवेदन दिन आग्रह गरेको हो । मिटरव्याज सम्वन्धी जाँचबुझ आयोग, २०७९ बमोजिम पिडित व्याक्तिले निवेदन दिने व्यवस्था गरेको छ ।
प्रशासकीय अधिकृत शोभाखर पोखरेलले जारी गरेको सूचनामा अहिलेसम्म अनुचित लेनदेनको बारेमा निवेदन दिने बारेमा पिडितले थाहा नपाएर निवेदन दिन छुटेको भए सबुत प्रमाण सहित जिल्ला प्रशासनमा निवेदन दिन सकिने व्यहोराको सुचना जारी गरेको छ । प्रशासन श्रोतका अनुसार ८ जना मिटरव्याज पिडितले निवेदन दिएको बताइएको छ । तर अहिले सम्म कतिजना पिडितले निवेदन दिएका छन् भन्ने बिषय भने सुचनामा खुलाइएको छैन ।
मिटरव्याज लगाउने व्याक्तिलाई कडा कारवाही गर्नुपर्ने माग नागरिक स्तरबाट चर्को दवाव दिएपछि सरकारले कानुन निर्माण गरेको छ ।
प्रतिक्रिया