वालिङ क्याम्पसमा—विद्यार्थीको फरकक्षमता खोज्दै स्ववियु

स्याङ्जा ।
विद्यार्थीलाई अध्ययनशिल मात्रै होइन सैद्धान्तिक ज्ञान सगै बाह्रय ज्ञान पनि दिनुपर्छ भन्ने उदाहरण स्वतन्त्र विद्यार्थी युनियनले सिकाएको छ । स्याङ्जाको वालिङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेर सैद्धान्तिक ज्ञान मात्रै नभएर बाह्रय ज्ञानमा विद्यार्थीलाई सहभागी गराएको हो ।
वालिङ नगरभित्रका प्लस टु मा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराएर स्ववियुले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अन्य कलेजमा पढ्ने विद्यार्थी र क्याम्पसमा पढ्ने विद्यार्थी विच गहिरो सम्वन्ध बनाउने उदेश्यले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको वालिङ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका कार्यवहाक सभापति युवराज तिवारीले बताए । सैद्धान्तिक ज्ञान मात्रै होइन स्ववियु सभापति तिवारीले भने,‘विद्यार्थीलाई बाह्रय ज्ञानमा पनि अध्ययन गराउनुपर्छ ।’ दुवै शिक्षामा अध्ययनशिल भयो भने विद्यार्थीलाई फाईदा पुग्छ उनले भने । यस्तो कार्यक्रम स्ववियुले हरेक बर्ष गर्ने तिवारीले प्रतिवद्धता व्यक्त गरे ।
शुक्रवार सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा वालिङ बहुमुखी क्याम्पस स्नातक तह पहिलो, वालिङ बहुमुखी क्याम्पस प्लस टु दोस्रो र पुर्णामृत भवानी मावि तेस्रो भएका छन् । प्रथम, दृतिय र तृतिय हुने विद्यार्थीहरुलाई वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा नगरभित्रका १० विद्यालयको सहभागिता रहेको थियो ।
पुरस्कार वितरण गर्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई उर्जा सहित ज्ञान मिल्ने बताए । यस्ता क्रियाकलापहरु समय—समयमा हुनुपर्ने धारणा शर्माको थियो । विद्यार्थीको हकहितका लागि गठित गरिएको स्ववियुले बार्षिक तालिका बनाएर अतिरिक्त क्रियाकलाप गर्न शर्माले आग्रह गरे । कार्यक्रममा वालिङ बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष हुमकान्त कोइराला, कार्यवहाक क्याम्पस प्रमुख युवराज पाठक र क्याम्पस प्रध्यापक संघ इकाईका अध्यक्ष यामबहादुर कुँवरले स्ववियुले आयोजना गरेका राम्रा कार्यक्रमलाई क्याम्पसको पुर्ण सहयोग हुने बताए । कार्यक्रमको अध्यक्षता युवराज तिवारीले र संचालन स्ववियु सचिव राजिन कुँवरले गरेका थिए ।
प्रतिक्रिया