मिडिया क्षेत्रलाई नियन्त्रण कानुन बन्दैन ः कानुनी मन्त्री गुरुङ

भुपराज बस्याल,
काठमाडौ ।
मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने हुनेगरी कुनैपनी कानुन नबन्ने कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बताएका छन् । शनिवार नेपाल प्रेस युनियनले आयोजना गरेको सूचना तथा संचार विभागको प्रस्तावित विधेयक शीर्षक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
प्रजातन्त्रवादीले मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने खालको कुनै पनि कानुन ल्याउने कुरा सोच्न पनि नसकिने भन्दै मन्त्री गुरुङले आफ्नो कार्यकालमा मिडिया क्षेत्र नियन्त्रण हुनेगरी कुनै कानुन निर्माण नहुने कुरा दोर्होयाए । उनले भने “प्रजातन्त्रवादी बाट प्रजातन्त्रको चिर हरण हुने खालको कुनै पनि कानुन निर्माण हुदैन यसमा तपाईहरु ढुक्क हुनुहोस् ।”

आजको व्यवस्था ल्याउन मिडियाको ठुलो भुमिका रहेको भन्दै मन्त्री गुरुङले मिडियालाई अझ शक्तिशाली बनाए लैजानु पर्ने धारणा राखे । सोसल मिडियामा देखिएको अराजक गतिविधि नियन्त्रण गर्न केही छलफल भएपनि कुनै यसको कुनै कार्यन्वयनको पाटो तयार नभएको उनको धारणा थियो । उनले भने “सोसल मिडियाको बिसयमा केहि छलफल भएको हो तर अगाडि बढेको छैन । सोसल मिडियालाई नियन्त्रण गर्न केही कानुन आवश्यक पनि देखिन्छ ।” सोसल मिडियाको लागि केहि कानुन आवश्यक भएपनि उक्त कानुन बन्दा मिडिया क्षेत्रसंगको छलफल बिना नबन्ने भन्दै हल्लाको पछी नलाग्न मन्त्री गुरुङले आग्रह गरे ।

चामलको बोराको उदाहरण दिदै मन्त्री गुरुङले भने “घरमा चामलको बोरा आउदैमा सिधै पकाउन मिल्दैन, त्यसलाई केलाउने लगायतका प्रक्रिया पछिमात्रै उक्त चामल पकाउन तयार हुन्छ ।” उनले कुनै कानुन प्रस्तावित भए पनि त्यसको प्रक्रिया धेरै हुने भन्दै सुटुक्क कुनै पनि कानुन निर्माण नहुने हुँदा सबैलाई ढुक्क हुन आग्रह समेत गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तारानाथ दाहालले नेपाल सरकारले ल्याउन लागेको नेपाल ऐनमा मिडिया क्षेत्रलाई नियन्त्रण हुने गरि आउन लागेको प्रतिबेदन पेस गरेपछि मन्त्री गुरुङको यस्तो धारणा आएको हो । दाहालले बन्न लागेको कानुनमा मिडिया क्षेत्रलाई नियन्त्रण हुने खालका बँुदा रहेको भन्दै त्यसलाई हटाउन आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया