गल्याङका वडा—वडामा स्वास्थ्यको पहुँच

खगेन्द्र भण्डारी—
स्याङ्जा ।
नागरिकलाई स्वास्थ्यको पहुँचमा सहजता ल्याउन गल्याङ् नगरपालिकाले वडा—वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको छ । आधारभुत स्वास्थ्य सेवाबाट नागरिक बन्चित हुन नपरोस भन्ने उदेश्यले नगरपालिकाले प्रत्येका वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको हो । आधारभुत स्वास्थ्य सेवाका लागि नगरपालिकाले हरेक वडामा सुविधा सम्पन्न भवन निर्माण समेत गरेको छ । पछिल्लो पटक नगरपालिकाले वडा नम्वर ११ जिमुवामा आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन गरेर संचालनमा ल्याएको छ ।

नगर प्रमुख गुरुप्रसाद भट्टराईले उक्त भवनको एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । नगरपालिकाको आफ्नै लगानीमा निर्माण गरेको स्वास्थ्य भवन २६ लाखको लागतमा बनेको हो । नगरपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्यको पहुँच हरेक वडामा पु¥याउने लक्ष्य राखे अनुसार स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको नगर प्रमुख भट्टराईले बताए । नगरपालिका स्वास्थ्य र शिक्षा सेवामा नागरिक बन्चित हुनुहुदैन भन्ने चाहान्छ नगर प्रमुख भट्टराईले भने,‘प्रत्येक वडामा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र र गुणस्तरीय शिक्षा प्रदान गर्नु नै विकास हो ।’ सामान्य उपचारका लागि नागरिक पालिकाको केन्द्र र ठुला शहरमा धाउन पर्ने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य हाम्रो हो उनले भने ।

वडामा—वडामा घुम्ति शिविर मार्फत नागरिकलाई पालिकाको केन्द्रमा आउन नपर्नेगरी योजना बनाएको नगर प्रमुख भट्टराईले बताए । पालिकाको ठुलो वडाको रुपमा रहेको यो बस्तीका नागरिक अब सामान्य उपचारका लागि बाहिर जान नपर्ने भएको यहाँका स्थानीय खुशी भएका छन् । भौगोलिक बनावटले साथ नदिएको नगरपालिकालाई स्वास्थय सेवाका लागि टाढा जानुपर्ने बाध्यता रहदै आएको थियो । वडामै सुविधा सम्पन्न भवन, दक्ष स्वास्थ्य कर्मचारीको व्यवस्था भएपछि स्वास्थ्य उपचारमा सहज हुने स्थानीय रुमलाल कँडेलले बताए ।

आर्थिक बर्ष २०७९÷०८० को बजेटबाट विनियोजन गरिएको थियो । यो भवन निर्माण सम्पन्न भएसगै यहाँका झण्डै २५ सय स्थानीय लाभान्वित हुने छन् । वडा अध्यक्ष दलबहादुर सिंजालीका अनुसार स्वास्थ्य र शिक्षाको पहुँच नभएकै कारण बसाई सराई गर्नेको संख्या बढ्न थालेको बताए । स्वास्थ्यको पहुँच पुगेसगै अब वडाबाट बसाईसराई गर्नेको संख्यामा कमी आउनेमा आफु विश्वस्थ रहेको बताए । गल्याङ नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र कृषिलाई प्रथामितामा राखेर योजना बनाउदै आएको छ । जसले नागरिकको आवश्यकतालाई सिमित साधनश्रोतका बावजुद प्रथामिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट व्यवस्थापन गर्दै आएको छ ।

कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु ओली, पुर्व वडाध्यक्ष एवम् स्वास्थ्य केन्द्र समितिका अध्यक्ष शंकर अधिकारी, निर्माण समिती अध्यक्ष चिरञ्जीवी कंडेल, वडा न ११ का वडासदस्य मोहन डुम्रे , कार्यालय प्रमुख केशरी थापा लगायतले स्वास्थ्य भवन मात्रै निर्माण गरेर भन्दा पनि यसबाट प्रवाह हुने सेवामा ध्यान दिन आग्रह गरेका थिए । गल्याङ नगरपालिका वडा नं. ११ का वडाध्यक्ष दल बहादुर सिंजालिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत निर्माण समितिका सचिव चक्रपाणी कंडेलले गरेका थिए ।

 

 

प्रतिक्रिया