माइक्रो र भारतीय बस ठोक्किदा १३ जना घाइते

वालिङ ।
स्याङजा—वालिङ खण्डको सिद्धार्थ राजमार्गमा माइक्रो र बस एकआपसमा ठोक्किदा १३ जना घाइते भएका छन् । काठमाण्डौबाट स्याङ्जाको गल्याँ् तर्फ जादै गरेको बा ३ ख १००३ नम्वरको माइक्रो र सुनौलीबाट पोखरातर्फ जादै गरेको GJO5BX2323 नम्बरको भारतीय बस एक आपसमा ठोक्किदा १३ जना चालक सहित १३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा वालिङ २ का ३७ बर्षिय पवित्रा सोनाम, वालिङ ९ का ५८ बर्षिय दुर्गाबहादुर गुरुङ, वालिङ २ बस्ने २३ बर्षिय मुना गुरुङ, वालिङ १३ बस्ने मन्जु एसके, वालिङ ८ बस्ने ३५ बर्षिय सरीता रेग्मी, भीरकोट घरभई वालिङ १ बस्ने ६६ बर्षिय मनसुभा नेपाली, चापाकोट ३ बस्ने ४७ बर्षिय बेदबहादुर थापा, चापाकोट ४ बस्ने ४० बर्षिय मिनबहादुर सारु, पवैत विहादी गाउँपालिका ४ बस्ने ७९ बर्षिय रुकमागत भुषाल, सोही ठाउँमा बस्ने ५३ बर्षिय टेकबहादुर बस्याल, वालिङ २ बस्ने २३ बर्षिय सुमित्रा थापा मगर, गल्याङ बस्ने ४० बर्षिय माइक्रो चालक पुरन बोहोरा र थर वतन नखुलेको सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घाइतेमध्ये चालक र सहचालकलाई पोखरा पठाइएको अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सबैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार दुर्घट्नाको कारण बारे अनुसन्धान भइरहेको र भारतीय चलाकलाई नियन्त्रणमा लिइएको छ । पछिल्लो समय सिद्धार्थ राजमार्गमा दुर्घट्ना बढ्दो रुपमा जान थालेको छ । १० दिनमा स्याङ्जा जिल्लामा सवारी दुर्घट्नाबाट झण्डै ४० जना घाइते भएका छन् । मानवीय क्षती भने भएको छैन ।

प्रतिक्रिया