स्याङ्जामा १९६२ ले ग्रेडबृद्धिका लागि परिक्षा दिदै

स्याङ्जा ।
शुक्रवारदेखि संचालन हुने माध्यमिक शिक्षा परिक्षा पुरक (ग्रेडबृद्धि) मा स्याङ्जामा १ हजार ९६२ सहभागी हुने भएका छन ्। शुक्रवार र शनिवार हुने परिक्षाका लागि स्याङ्जा सदरमुकाम स्थित पुतलीबजार र वालिङ् नगरपालिकामा परिक्षा केन्द्र तोकिएका शिक्षा विकास तथा समन्वय अधिकारी विश्वराज आचार्यले जानकारी दिए । यसबर्ष आँखा पाक्ने रोगको संक्रमण दिनप्रतिदिन बढ्ने क्रम जारी छ भने, अर्कोतर्फ, टाढा टाढाबाट परिक्षा दिन आउने परिक्षार्थीलाई सदरमुकामसम्म आउन कठिनाई देखिएकाले दुई पालिकामा केन्द्र तोकेको अधिकारी आचार्यले बताए ।

यसअघिका परिक्षा भने सदरमुकाम स्थित पुतलीबजारमा मात्र हुनेगर्दथ्यो । यसपटक माथिल्ला भेगका पालिकाहरु फेदिखोला, आँधीखोला, पुतलीबजार, भीरकोट, अर्जुनचौपारी, विरुवा, हरिनासका बिद्यार्थी पुतलीबजारमा परिक्षा केन्द्र तोकिएको छ । यसैगरी, तल्ला भेगका वालिङ, गल्याङ, चापाकोट र कालीगण्डकीका बिद्यार्थीलाई वालिङ्मा परिक्षा केन्द्र तोकिएका हुन् ।

पुतलीबजारमा त्रिभुवन आदर्श मा.वि र स्याङ्जा आ.माध्यमिक बिद्यालयमा परिक्षा केन्द्र छ । वालिङ् स्थित पायनियर्श आ.मा.वि र पूर्णामृत भवानी मा.वि.मा परिक्षा केन्द्र छ । शुक्रवार हुने परिक्षामा एक हजार १७४ र शनिवार हुनेमा ७ सय ८८ परिक्षार्थी सहभागी हुने भएका छन ्।

प्रतिक्रिया