म अब कुनै पदमा चुनाब लड्दिन ः सभापति खाँण
वालिङ ।
नेपाली काँग्रेस स्याङ्जा संघिय निर्वाचन क्षेत्र नम्वर २ का सभापति दिलिपप्रताप खाँणले आ आफु कुनै पनि पदमा चुनाव नलड्ने बताएका छन् । नेपाली काँग्रेसको बिशेष आन्तरिक अभियान कार्यक्रम अन्तर्गत संयुक्त बैठकमा सभापति खाँणले अब आफु कुनै पनि पदमा चुनाव नलड्ने बताएका हुन् । कार्यक्रमको सभापति समेत रहेका खाँणले बैठक समापन गर्दै अहिले सम्म २९ औं पटक चुनाव लडे पराजित भएको थिइन् उनले भने,‘३० औं पटक २०७९ को स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा पराजित भए ।’ एकपटक पराजित भएपछि जनताले चुनाव लड्न हुदैन भन्ने संकेत दिएकाले चुनाव नलड्ने प्रतिज्ञा गरेको छु उनले उक्त बैठकमा भने ।
पार्टीले एक पटक नगर प्रमुख र क्षेत्रीय सभापति बनायो यसैमा आफु खुशी रहेको बताए । अहिले पार्टीको क्षेत्रीय सभापति छु उनले भने,‘यो पद पनि विचमै छोड्न नमिल्ने रहेछ, यो कार्यकाल इमान्दारी पुर्वक पुरा गर्छु ।’ काँग्रेसलाई बलियो बनाउन मेरो तर्फबाट हरदम प्रयास रहने छ उनले भने । अब पाटीको काम गर्नेछु चुनाव लड्दिन खाँणले बैठकमा भने,‘जनताले अनुमोदन नगरेपछि चुनाव लड्न पनि हुदैन ।’ सभापति खाँणले अव चुनाव नलड्ने बताएपछि चुनावमा पराजित हुने व्याक्ति पुन चुनाव लड्नु राम्रो नदेखिने संकेत हो भन्ने सन्देश सहभागीहरुलाई उनले दिएका छन् । खाँणले क्षेत्रिय समितिले धेरै विभागहरु गठन गर्ने काम बाँकी रहेकाले भदौ १० गते भित्र सबै विभाग गठन गर्ने र महासमिति सदस्यको समेत टुङ्गो लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली काँग्रेसको विधानले महासमिति सदस्य क्षेत्रिय निर्वाचनबाटै टुङ्गाउने प्रावधान रहेपनि स्याङ्जा क्षेत्र नम्वर २ ले अहिले सम्म महासमिति सदस्य बनाएको छैन ।
सभापति खाँणले चुनाब लड्दिन भन्ने उदघोष गरेपछि कार्यकर्ताहरु विच मुखामुख भएको एक काँग्रेसका नेताले बताए । बेला बेलामा नयाँ कुरा दिने खाँणले चुनाव नलड्ने बोलीले कार्यकर्ताहरु चकित परेको समेत उनले बताए । खाँणले गरेको यो उदघोष अरु नेताले पनि सिक्नुपर्ने बताइएको छ । त्याग गर्न पनि सिक्नु पर्छ ति नेताले भने,‘खाँणले गरेको यो त्याग अरु नेताका लागि पाठशाला बन्नुपर्छ ।’ जसले काँग्रेसमा निष्ठा र त्यागको खोजी हुनेछ उनले भने ।
खाँणले झण्डै २० बर्ष नेपाली काँग्रेसको वालिङ नगर सभापति र नेपाली काँग्रेसको १४ औं महाधिवेसनमा क्षेत्रिय सभापतिमा निर्वाचित भएका थिए । वालिङ नगरको प्रमुख भएका बेला देशभरी चर्चामा रहेका खाँण २०७९ को स्थानीयतहको निर्वाचनमा एमालेका कृष्ण खाँणसगँ नगर प्रमुखमा पराजित भएका थिए ।
नेपाली काँग्रेस क्षेत्रिय समितिले आयोजना गरेको संयुक्त बैठकमा क्षेत्र नम्वर २ को प्रदेश (१) र प्रदेश (२) का कार्यसमिति सहित भीरकोट, वालिङ, गल्याङ चापाकोटका नगर समिति र कालीगण्डकी गाउँपालिका कार्य समिति लगायतको सहभागिता रहेको थियो । बिशेष आन्तरिक अभियानका लागि नेपाली काँग्रेस केन्द्रले स्याङ्जाका लागि सिता देवकोटालाई प्रतिनिधिको रुपमा पठाएको थियो भने गण्डकी प्रदेशले सिता गुरुङ्लाई पठाएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरुले केन्द्रिय नेताहरु नसच्चिए सम्म काँग्रेस बलियो बनाउन नसकिने गुनासो गरेका थिए । नेपाली काँग्रेस स्याङ्जाले केन्द्रिय समितिले दिएको निर्देशन अनुसार बिशेष आन्तरिक अभियान सफल बनाउन आफ्ना मातहतका समितिलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया