भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै ग्रामिण स्वाबलम्बन सहकारीद्धारा मिसन १५ अभियान
स्याङ्जा ।
आफ्नो सहकारीको विषयमा भ्रामक समाचार सम्पे्रषण गरेको भन्दै ग्रामिण स्वाबलम्बन साना किसान कृषि सहकारी संस्था अर्जुनचौपारी स्याङ्जाले मिसन १५ अभियान शुरु गरेको छ । केहि मिडियाहरुमा सहकारी सम्बन्धी भ्रामक, तथ्यहिन र कपोलकल्पीत सामाग्री सम्पे्रषण भएको भन्दै सहकारीले भदौ १ गतेबाट १५ गतेसम्म मिसन १५ शुरु गरेको हो । यो अवधिमा १५ दिनसम्म सहकारीको ४ हजार ५ सय सेयर सदस्यहरुको घरघरमा जाने र म्यान्डेट लिने र अर्नगल प्रचार गर्नेलाई कारबाही गर्ने सहकारीका प्रबन्धक शालिकराम काफ्लेले बताए । ४ हजार ५ सय सेयर सदस्य रहको संस्थाको सेयर पुँजी २ करोड रहेको छ भनेसंस्थाले अहिलेसम्म ३२ करोडको कारोबार गरेको प्रबन्धक काफ्लेले बताए ।
२०५९ सालमा स्थापना भएको संस्थाले २०७० सालबाट कारोबार शुरु गरेको हो । सहकारीले कृषि, पशुपालनका क्षेत्रमा लगानी गर्दै उत्पादनमुलक कार्यमा सदस्यहरुलाई प्रेरित गर्दै आएको संस्थाले जनाएको छ । संस्थाले आफ्ना सदस्यको निधन भएमा २५ हजार काजक्रियाका लागी र बच्चा जन्मँदा ५ हजार पोषणका लागी रकम सहयोग गर्दै आएको छ । यसरी सदस्यहरुको हितमा निरन्तर काम गर्दै आएको संस्थामाथि अनावश्यक तथ्यहिन प्रचार गरिनु दुखद भएको भन्दै संस्थाले मिसन १५ अभियानको थालनी गरेको संस्थाले जनाएको छ । सहकारी नीति अनुसार नै सञ्चालन भईरहेको भन्दै भ्रामक समाचारबाट अबिचलित नहुँन आफ्ना शेयर सदस्यलाई सहकारीले आग्रह गरेको छ । समुहगत भेटघाट गरी शेयर सदस्यको राय, सुझाव संकलन गर्ने, सहकारीमा परेको अफठ्यारो शेयर सदस्य माझ राख्ने गरी मिसन १५ संचालन गरिएको सहकारीका अध्यक्ष बोधराज रेग्मीले जानकारी दिए । अर्जुनचौपारी गाउँपालिकाको अब्बल मानिएको सहकारी माथी अर्नगल प्रचारले खासै समस्या नपरेपनि नभएको तथ्यहिन खबर प्रकाशन र प्रसारण गरिदिदा सहकारी परिवार दुखि बनेको अध्यक्ष रेग्मीले बताए ।
प्रतिक्रिया