अटो रिक्साको भाडादर निर्धारण

वालिङ ।
वालिङ नगरपालिकाले पालिकाभित्र संचालनमा रहेका अटोरिक्साहरूको भाडादर निर्धारण गरेको छ । अटो रिक्साको भाडा कच्ची सडकमा ३ किमिसम्म प्रतिव्यक्ति रु १५ कायम गरिएको छ। पक्की सडकमा ३ किमिसम्म प्रति किमि प्रतिव्यक्ति रु १० कायम गरेको छ । पक्की सडकमा ३ किमिभन्दा बढी दुरीमा प्रति किमि प्रतिव्यक्ति रु १० कच्ची सडकमा प्रति किमि प्रतिव्यक्ती रु १५ भाडादर कायम गरिएको छ । वालिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका सवारीसाधनहरुको पार्किङ तथा भाडादर कायम गर्न बसेको नगर प्रमुख र सरोकारवालाहरूको बैठकले सो भाडादर निर्धारण गरेको हो ।

नगरप्रमुख कृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञान प्रसाद अर्याल, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रवीण आचार्य, उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष चेतनारायण श्रेष्ठ, जनप्रतिनिधि, जीप तथा अटो व्यवसायीहरूको उपस्थिति रहेको थियो । बैठकले वालिङमा सञ्चालित सवारीसाधनहरुको व्यवस्थापनको लागि विभिन्न निर्णयहरु गरेको छ । सोमबार बसेको बैठकले वालिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका सवारीसाधनहरु बजार क्षेत्रमा एकतर्फी आलोपालो पार्किङ गर्ने निर्णय गरेको छ । यसैगरी स्याङ्जा पर्वत प्रालिबाट सञ्चालित जीपहरु भुम्रेचोकदेखि माथि कृषि विकास बैङ्कको पछाडिको खाली जग्गामा पार्किङ गर्ने निर्णय गरिएको छ ।

 

प्रतिक्रिया