डेंगु संक्रमणबाट स्याङ्जामा दुईजनाको मृत्यू
स्याङजा ।
स्याङ्जामा डेंगुको कारण अहिले सम्म दुईजनाले ज्यान गुमाएका छन् । डेंगु संक्रमणबाट वालिङ नगरपालिका १३ का ४४ बर्षिय पुरुष र वालिङ ११ का ११ महिनाकी वालिकाले ज्यान गुमाएका हुन् । वालिङ १३ का पुरुष डेंगुको संक्रमण भएपछि उपचारका लागि पोखरा गएका थिए । उनको विरामीको उपचारका क्रममा ज्यान गएको हो ।
४४ बर्षीय पुरुषको उपचारका क्रममा गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पताल पोखरामा ज्यान गएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिए । स्याङ्जाको वालिङमा ६ जना डेंगुको बिरामी फेला परेको वालिङ स्थित गह«ौं प्राथमिक अस्पतालले जनाएको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीहरुको रगत परीक्षण गर्दा डेंगुको सङ्क्रमण पुष्टि भएको अस्पतालका प्रमुख डा. सुरज ढकालले बताए ।
झण्डै एक महिना अगाडी पाल्पामा उपचारका क्रममा ११ महिना की बालिकाको ज्यान गएको बताईएको छ । वालिङ नगरपालिका वडा नं. ११ गहतेकी ११ महिना की बालिकाको ज्यान गएको पाल्पा जिल्ला अस्पतालले जनाएको छ । बालिकाको रिफर गह्रौ अस्पतालबाट गरिएको देखिएपनि वालिङ नगरपालिका भने यो घट्नामा बेखबर रहेको देखिएको छ । स्वास्थ्य कार्यालय स्याङ्जाको तथ्याङकमा डेंगु संक्रमणबाट जिल्लामा एकजनाको मात्रै निधन भएको देखिएको छ ।
प्रतिक्रिया