सरकार ढलेपनि भष्ट्रचारका मुद्धा किनारा लगाइन्छ ः मन्त्री गुरुङ्

स्याङ्जा ।
नेपाली कांगे्रस स्याङ्जाले विपि जन्म जयन्तीको अवसर पारेर खुल्ला रक्तदान तथा विपि विचार गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारको फाईल खुल्ने क्रममा रहेको भन्दै वर्तमान सरकार ढलेपनि भ्रष्टाचारको मुद्धालाई किनारामा पु¥याई छाड्ने बताए । भ्रष्टाचार नै देशका मुख्य समस्या रहेको भन्दै भ्रष्टाचारलाई न्युनीकरण गरेमा मात्रै देशमा समृद्धि र अमनचयन प्राप्त हुने भएकाले भ्रष्टाचारको फाईल अब बन्द नहुँने मन्त्री गुरुङले दावी गरे ।
भ्रष्टाचारका फाईल खोल्दा आफ्नो पद गुमेपनि कुनै गुनासो नरहेको भन्दै भ्रष्टाचारलाई जरैदेखि निर्मुल पार्न अव नेपाली जनता जागरुक हुनुपर्ने समय आएको मन्त्री गुरुङले बताए । साथै मन्त्री गुरुङले वीपीका सिद्धान्तको आत्मसाथ गरी पार्टीलाई मजबुद बनाउनुपर्नेमा जोड दिए । वीपीले प्रतिपादन गरेका नीति तथा सिद्धान्त देश विदेशमा अनुशरण गरिएको भन्दै वीपीको योगदान भुल्न नहुँने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सांसदद्धय भोजराज अर्याल र महेश भट्राई, स्वतन्त्रता सेनानाीद्धय तारापति सुवेदी र वेदप्रसाद पनेरु, निवर्तमान सांसद भगवतप्रकाश मल्ल, निवर्तमान कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमार, गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, महासमिति सदस्यहरु छायाराम खनाल, अर्जुनप्रकाश अर्याल, तुलसी गिरी, गोविन्दकुमार रानाभाट, शिक्षक संघका केन्द्रिय उपसभापति लक्ष्मीप्रसाद रेग्मी, नेताहरु प्रेमराज पौडेल, धुव शर्मा पंगेनी, लिलबहादुर रनापाल, प्रकाश तिवारी, नेत्रप्रसाद पाण्डे, विक्रम सारु, भुपराज केसी, विष्णु काफ्ले, डोलराज पोख्रेल, माया राना, हेमप्रकाश गुरुङ, पशुपति पौडेल, तारा मल्ल, शिव संसार श्रेष्ठ लगायतले विपिको राजनितिक योगदानका बारेमा चर्चा गरेका थिए ।
जिल्ला सभापति एवं संबिधानसभा सदस्य राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यबहाक सभापति केदार काफ्लेले स्वागत एव. सचिव दामोदर लम्सालले संचालन गरेका थिए । यसैगरी, रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । वीपीको ११० औं जन्मजयन्तीको अवसरमा जिल्लाभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली काँग्रेस स्याङ्जाले २५ र २६ गते ११ ओटै पालिकामा वीपीको स्मरण कार्यक्रम गर्न निर्देशन दिएको कार्यबहाक सभापति केदार काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया