बिपीको सिद्धान्त भुल्नहुँदैन ः उपसभापति गुरुङ्
भीरकोट ।
नेपाली काँग्रेसका केन्द्रिय उपसभापति तथा कानुन मन्त्री धनराज गुरुङ्ले कांग्रेसले बिपीको सिद्धान्त छाड्न नहुने बताएका छन्। १ सय १०औँ बिपी जयन्तीको अवसरमा नेपाली काँग्रेस भीरकोट नगरसमितीले आइतबार भीरकोट ५ मा आयोजना गरेको सरसफाई तथा विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले बिपी कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने उल्लेख गरे।
बिपी विचार समाजलाई आदर्श बनाउने बिचार भएको बताउँदै गुरुङ्ले बिपीको नाम बेचेर पार्टीलाई धारासायी बनाउने काम भएकामा चिन्ता व्यक्त गरे। उनले गुट र उपगुटले गर्दा पार्टी कमजोर भएकाले पार्टीलाई बलियो बनाउनेतर्फ आफुले भूमिका खेल्ने बताए। उनले भने, ‘बिपीवादको अनुसरण गर्दै अगाडि बढ्दा पार्टी बलियो हुन्छ, उहाँले देखाएको बाटोमा सधैँ हिँड्नुपर्छ।’ नेपाली काँग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारी (लक्ष्मण)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य छाणराम खनाल, भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्य, नेपाली कांग्रेसका वडा सभापति सु. कृष्णबहादुर थापा लगायतले बिपीको योगदानको चर्चा गरेका थिए।
प्रतिक्रिया