वालिङ क्याम्पसको साधरणसभाको उद्घाटन, बन्दसत्र स्थगित
वालिङ ।
वित्तिय संकट सामाना गर्दै आएको वालिङ बहुमुखी क्याम्पसको साधरणसभाको उद्घाटनसत्र सम्पन्न भएपनि बन्दसत्र भने स्थगित भएको छ । देशकै जेठो मानिदै आएको सामुदायिक क्याम्पस वालिङ बहुमुखीको १५औँ साधारणसभाको उद्दघाटनसत्रमा ५१ प्रतिशत आजीवन सदस्यको संख्या नपुगेपछि महत्वपुर्ण मानिएको बन्दसत्र भने स्थगित भएको छ । उदघाटनसत्रमा क्याम्पसका अध्यक्ष हुमकान्त कोइरालाले क्याम्पसको बार्षिक प्रतिवेदन पेश गर्नेक्रममा आजिवन सदस्य संख्याको ५१ प्रतिशत नपुगेकाले प्रतिवेदन नपढ्न अनुरोध गरेपछि उदघाटन सत्रमात्रै गरेर टुङ्गिएको छ ।
साधारण सभाको उद्दघाटन गर्दै गण्डकी प्रदेशका सांसद भोजराज अर्यालले शैक्षिक क्षेत्रको विकासका लागी राज्यका तिनै तह योजनाबद्ध ढंगले अगडि बढ्नुपर्ने बताए । यहाँको सबैभन्दा जेठो क्याम्पसको शैक्षिक उन्नयनको लागी यहाँका राजनीतिकदल, संचालक समिति, प्राध्यापक, विद्यार्थी संघसंगठनलगायत अभिभावक पनि एकजुट हुनुपर्ने बताए ।
वालिङ क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु धेरै राजनीतिक, सामाजिक तथा देशका निजामति क्षेत्रको उच्च स्थानमा रहेको भन्दै क्याम्पसको शैक्षिक गुणस्तरलाई निरन्तरता दिन सबै निस्वार्थ भावनाका साथ लाग्नुपर्ने सांसद अर्यालले सुझाए । कार्यक्रममा प्रदेश सांसदद्धोय कल्पना तिवारी र महेश भटराई, नेपाली कांगे्रसका वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रेलगायतले क्याम्पसको संरक्षण गरी नमुना क्याम्पसको रुपमा विकास गर्नुपर्ने बताए ।
कार्यक्रम संचालक समितिका अध्यक्ष हुमकान्त कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत क्याम्पस प्रमुख युवराज पाठक र संचालक संचालक सदस्य दिलिप बगालेले गरेका थिए । यसैबीच साधारण सभाको बन्द सत्र स्थगित भएको छ । साधारण सभाको उद्दघाटन सत्र सम्पन्न भएपनि कोरम संख्या नपुगेका कारण बन्द सत्र स्थगित भएको छ ।
२०३७ सालमा स्थापना भएको क्याम्पसले वार्षिक साधारणसभासँगै शैक्षिक तथा आर्थिक व्यस्थापनका लागि बिभिन्न योजनाहरु प्रतिवेदन मार्फत सार्वजनिक गरेको छ । क्याम्पसमा समयानुकुल प्राविधिक कक्षाहरु थप गर्नका लागि क्याम्पस मातहतकै एक शैक्षिक प्रतिष्ठान निर्माण गरी वृहत योजना बनाउने, क्याम्पसको आर्थिक व्यवस्थापनका लागि अक्षय कोष निर्माण योजना अगाडि बढाई १० करोड रुपैयाँको ३ वर्षै लक्ष्य निर्धारण गरी काम गर्ने योजना प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया