तिजको रौनकता, छम्छमी नचाए वालिङमा महिला उद्यमीले
वालिङ ।
महिला उद्यामीहरुले आयोजना गरेको तिजको शुभकामना आदानप्रदान कार्यक्रममा महिलाहरु छम्छमी नाचेर रमाइलो लिएका छन् । वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको आयोजनामा वालिङमा महिला उद्यमशीलताको संभावना, अवसर र चुनौती विषयक अन्र्तक्रिया सहित शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रममा वालिङका महिला उद्यमीहरु नाचगानमा रमाएका हुन् । हरेक बर्ष हरितालिका तिजको अवसरमा महिला उद्यम विकास समितिले कार्यक्रम आयोजना गर्दै आएको छ । यो पटकको तिजमा पनि समितिले शुभकामना आदान प्रदान सहित रमाईलो तिजमेला गरेर सम्पन्न गरेका छन् । कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्यालतिवारीले उद्धमशिल महिलाहरुले वालिङको अर्थतन्त्र धानेको भन्दै महिला उद्यमशीलताको विकासमा जोड दिइन् । उद्योग वाणिज्य संघमा महिलाको सहभागिता पचास प्रतिशत हुनुपर्ने भन्दै महिलाहरु उत्पादनमा लागेर आत्मनिर्भर बन्न आवश्यक रहेको बताइन् ।
संबिधानलाई मानेर हरेक संघसंस्थामा सक्रिया महिला सहभागीता हुन आवश्यक रहेको भन्दै महिलाहरु राजनैतिक, आर्थिक तथा सामाजिक रुपमा सबल बन्न अनुरोध गरिन् । संविधानमा प्रदत्त अधिकारहरुको बारेमा बुझ्न जान्नुपर्ने भन्दै महिलाको लागी छुट्याईएको बजेट महिला शसक्तिकरणमा खर्च हुनै पर्ने बतान् ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद्धोय भोजराज अर्याल र कल्पना तिवारी, निर्वतमान प्रदेश सांसद मोहन रेग्मी, गण्डकी प्रदेश उद्योग वाणिज्य संघका कोषाध्यक्ष नवराज सवेदी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ लगायतले महिलाहरुको शसक्तिकरणमा जोड दिएका थिए । साथै कार्यक्रममा महिला उद्यमी बिकास समिति अध्यक्ष मञ्जु केसीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सिता अधिकारीले गरेकी थिइन भने कार्यक्रममा विभिन्न तिज गित, नृत्य प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया