संविधान दिवसको अवसरमा भीरकोटमा दिप प्रज्वलन

भीरकोट ।

बुधबार राष्ट्रिय संविधान दिवस २०८० देशका विभिन्न ठाँउमा दिप प्रजलन गरि मनाइएको छ । स्याङ्जामा पनि संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस्तै भीरकोट नगरपालिका र लायन्स क्लब अफ भीरकोटको आयोजनामा भीरकोट २ ठाडोलाइन चोकमा दिप प्रजलन गरि संविधान दिवस मनाइएको छ ।

भीरकोटमा भर्खरै स्थापना भएको लायन्स क्लबले सामाजिक हितको लागि राम्रा काम गर्दै आइरहेको छ । लायन्स मार्फत आगामी दिनमा पनि समाजका लागि युवाहरुको मह्त्वपूर्ण भुमिका रहने लायन्स क्लबका संरक्षक एवं भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले बताए । आजको दिन नेपालमा संविधान आएकोले यस दिनलाई खुसी र हर्ष उल्साहका साथ मनाउनुपर्ने कर्माचार्यको भनाई थियो।

कार्यक्रममा जनप्रतिनिधि, स्थानीयबासी लगायतको उपस्थिती रहेको थियो । लायन्स क्लब अफ भीरकोटका अध्यक्ष यामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न
दिप प्रज्जवलन कार्यक्रममा भीरकोट २ का वडाध्यक्ष श्यामकाजी अधिकारी, समाजसेवी तोयनाथ अर्याल, विश्वनाथ अर्याल, लायन्स क्लबका ढाकाराम खनाल, नुवादत्त अर्याल, अमृत अर्याल लगायतले संविधानको कार्यान्वयनको बिषयमा बोलेका थिए ।

प्रतिक्रिया