सरकारले लोकतन्त्रको चीरहरण ग¥यो ः एमाले सचिव अर्याल
स्याङ्जा ।
नेकपा एमालेकी सचिव पद्मा अर्यालले अहिलेको सरकारले लोकतन्त्रको चीरहरण गरेको आरोप लगाएकी छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा एमाले गाउँ कमिटिले आयोजना गरको कार्यक्रममा सचिव अर्यालले लोकतन्त्रको मर्मविपरीत काम कानुनमन्त्रीले गरेको अरोप लगाइन् । योग्यता नै नपुगेका सरकारी वकिललाई मन्त्रीपदको दुरुपयोग गरेर न्यायाधीश बनाएको अर्यालको आरोप थियो ।
कानुनमन्त्री धनराज गुरुङले आफूलाई निर्वाचनका बेला जिताउन सहयोग गरेका निर्वाचन अधिकृत रामचन्द्र शर्मालाई न्यायाधीशमा मनोनीत गरेको अर्यालले बताइन् । शर्मा वरीयतामा पछाडि भएको बताउदै अर्यालले न्यायाधीशको परीक्षामा फेल भएकालाई न्यायधिश बनाएको आरोप उनको छ । धनराजले शर्मालाई गुनतिरेको बताउदै पूर्वमन्त्रीसमेत रहेकी अर्यालले विधिको शासनले चल्ने लोकतान्त्रिक व्यवस्था अबज्ञा गरेको जिकिर गरीन् ।
एमाले सचिब अर्याल स्याङ्जा क्षेत्र नम्बर २ बाट कानुनमन्त्री धनराज गुरुङ सगँ गत संघिय चुनाबमा पराजित भएकी थिइन् । एमालेका उम्मेदवारले जितेको स्थानीयतहमा जनताको हितमा कामभैरहेको बताउदै अर्यालले एमालेको नीति अनुसार कामगर्दा स्थानीयतहमा विकासले फड्को मारेको दावी गरिन् ।
प्रतिक्रिया