मिर्मी बजारमा भेटियो अखान्द्याय बस्तु, सबै सामाग्री जफतपछि नष्ट

टीकाराम अधिकारी,
गल्याङ ।
नेपालीहरुको महान चार्ड विजयादशमी तथा दिपावली र छठ लगायतका पर्वहरु नजिकिए संगै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले स्याङ्जा जिल्ला भित्रका मुख्य व्यापारीक केन्द्रहरुमा अनुगमनलाई तिब्रता दिएको छ त्यसै अनुरुपमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं.७ मिर्मी स्थित मिर्मी बजार अनुगमन गरेको छ ।
बिहिबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना र कालीगण्डकी गाउँपालिकाको व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको नेतृत्वमा गएको टोलीले मिर्मी बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा १० बोरा चामल विगत १ बर्ष अगाडी देखि मिति सकिएका २० किलो चामल र २ क्रेट कोक २ वर्ष अगाडी देखि उपभोग्य मिति सकिएका पेयपदार्थ खाल्टो खनेर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

केही पसलहरु बिना दर्ता सञ्चालन गरिएको, केही पसलहरु नविकरण नगरिएका र अनुगमन गएको थाहा पाए पछि केही पसलहरुले सटरबन्द गरेको समेत जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको यस भन्दा अगाडि पनि बैशाख महिनामा अनुगमन गरेको र अहिले पनुः अनुगमन गरिएको र त्यसमा केही पसलहरुलाई सम्झाई बुझाई गरेर छोडेको र पछि पनि त्यस्तै अवस्था रहेमा कानुन बमोजिम कारबाही गरिने प्रजिअ पौडेलले जानकारी दिए ।
अनुगमन कार्यमा उपभोक्ता मञ्चका स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनी, जिल्ला प्रशासन कार्यालय स्याङ्जाका लेखा अधिकृत प्रेम नारायण अर्याल, कालीगण्डकी गाउँपालिका वडा नं.७ का वडाअध्यक्ष ओम प्रकाश भट्टराई, मिर्मी बजार व्यवस्थापन समितिका अध्यक्ष ज्ञान प्रसाद भट्टराई, प्रहरी, पत्रकार स्थानीयहरु लगायतको रोहोबरमा अनुगमन गरिएको थियो ।

 

प्रतिक्रिया