हुलाक दिवसमा महासंघका अध्यक्ष सिग्देल सहित १० जना सम्मानित्

स्याङ्जा ।
दुगेदर फर ट्रष्ट भन्ने नाराका साथ १४९ औं विश्व हुलाक दिवस आज स्याङ्जामा पनि मनाइएको छ । जिल्ला हुलाक कार्यालयको आयोजनामा सो दिवस मनाइएको छ । दिवसको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले वर्तमान अवस्थामा हुलाक कार्यालयको सेवा र स्वरुप बदलिए पनि विश्वसनीयतामा कमी नआएको बताए । हिजो संचार माध्यमका साधनमा एकल अधिकार जमाएको हुलाक कार्यालय आज प्रतिस्पर्धी दुनियामा यसका भूमिका गौण बन्दै गएको प्रजिअ घिमिरेको भनाई छ । हुलाक सेवालाई बर्तमान परिवेश अनुरुप परिवर्तन गर्दै अघि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, कोषाध्यक्ष रमेश गोदार, प्रेस यूनियनका पूर्व अध्यक्ष प्रदीप कोइराला, पत्रकार हरि अर्याल लगायतले हुलाक सेवा अझै पनि नागरिकको विश्वासिलो बनेको बताएका थिए । सोही कार्यक्रममा पत्रकार सहित १० जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष तथा पब्लिक आवाजका कार्यकारी सम्पादक श्रीकृष्ण सिग्देल, स्याङ्जा एफ एम तथा टेलिभिजनका ब्यवस्थापक रमेश गोदार, आधीखोला केवल प्रा.लि. संचालक हरि अर्याल, जिल्ला हुलाक कार्यालयका नायब सुब्बा नायब सुब्बा ज्ञानेन्द्र प्रसाद मरासीनी, खरिदार गेद गिरी र बाबुराम सिग्देल, प्रतिनिधी प्रभानन्द ढकाल, हल्काराहरु कलादेवी डोटेल, लिलालल्लब काफले, संगीता पौडेललाई सम्मान गरिएको हो । जिल्ला हुलाक कार्यालयका प्रमुख कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षताा सम्पन्न कार्यक्रमको संचालन लेखापाल रमेश विकले गरेका थिए ।

 

प्रतिक्रिया