इजरायलमा ज्यान गुमाएकाको शान्तिको कामना गर्दै लायन्सको दीप प्रज्वलन

भीरकोट।

इजरायलको युद्धमा निधन भएका नेपालीहरुको सम्झनामा लायन्स क्लब अफ भीरकोटले दीप प्रज्वलन गरेको छ । मंगलबार साँझ बयरघारीस्थित प्रगति टोलमा दीप प्रज्वलन गरिएको थियो । उनीहरुले दिवंगत नेपालीहरुको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।

कार्यक्रममा भीरकोट स्थित सामाजिक संघ सस्थाका प्रतिनिधि, भीरकोट नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको साथमा शान्ति दिप प्रज्वलन गरी दिवगंत आत्माको चीरशान्तिको कामना र घाइते हरुको सिघ्र स्वास्थ लाभको कामना गर्दै विश्व शान्तिको लागि मौन प्राथना गरिएको क्लबका अध्यक्ष यामप्रसाद अधिकारीले बताए। इजरायलमा भएको घट्ना विश्वका कुनैपनि देशले भोग्न नपरोस भन्दै कामना समेत गरेका थिए ।

प्रतिक्रिया