प्रशासनबाट म्याद नाघेका सामाग्री जफथ, बेचबिखन गर्नेलाई कारवाही
स्याङ्जा ।
पुतलीबजार नगरपालिकाले नगरपालिका भित्रका ब्यवसायिक पसलहरुको अनुगमन तथा निरीक्षण गरेको छ । होटल, रेष्टुरेन्ट, खाद्यान्न पसल, तरकारी तथा फलफुल पसल, फ्रेस हाउस, शैलुन तथा मर्मत तथा निर्माण पसलहरुको अनुगमन तथा निरीक्षण गरिएको हो । अनुगमन समितिका संयोजक एवं उपप्रमुख देवी अर्यालको नेतृत्वमा नगरपालिका, सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल लगायत प्रशासन, प्रहरी, कर कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श, र पत्रकार सहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको हो ।
टोलीले नागडाँडा र प्रगतीनगर आसपासका ब्यावसायिक पसलहरुको अनुगमन तथा निरीक्षण गरेका हुन । निरीक्षणका क्रममा ब्यवसाय संचालनका लागि आवश्यक मापदण्ड पुरा गरे नगरेको, कर, भ्याट, प्यानमा दर्ता तथा नविकरण भए नभएको, स्वस्थ्यकर सामाग्री भए नभएको, मूल्य सूची, म्याद रहेका वा गुज्रेका सामाग्री लगायत बिबिध बिषयमा निरीक्षण गरिएका हुन । अनुगमनका क्रममा म्याद सकिएका खाद्यान्न सामाग्री नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
म्याद सकिएका केही खाद्यान्न, पेयपदाथ नष्ट गरिएका र आउदा दिनमा म्याद सकिएका सामाग्री बेचबिखन नगर्न समेत सचेत गराइएको छ । नगरपालिकाले विगत ३ दिनदेखि नगरपालिकाका मुख्य बजारका करिब सय भन्दा बढी पसलहरुको अनुगमन तथा निरीक्षण गरेको पुतलीबजारका प्रशासन प्रमुख धनप्रसाद कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया