बिरामीको गुनासो सुन्न अस्पतालमा स्वास्थ्य मन्त्री
स्याङ्जा ।
गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाँले जिल्ला अस्पताल स्याङ्जाका बिरामीको गुनासोलाई सुनेकी छन् । डेङगो सहितका बिभिन्न रोगका बिरामीको चाप बढी रहदाँ बिरामीको अवस्था बुझ्न पुतलीबजार नगरपालिका ३ कुमाल गाउँमा रहेको अस्पतालमा मन्त्री सिम्खडाँ मन्त्रालयमा सचिब डा बिनोद बिन्दु शर्मा सहितको टोली लिएर पुगेकी हुन् । अस्पतालमा मन्त्री सिम्खडाँले हेमोडाइलासीस सहितका कक्षमा निरीक्षण गर्दै बिरामीको अवस्थाको बारेमा स्थलगत निरिक्षण र गुनासो सुनेकी हुन् ।
मन्त्री सिम्खडाँले अस्पताल ब्यवस्थापन समिति, मेसु, कर्मचारीसगँ अस्पतालको बारेमा चाँसो राखेको अस्पतालले जनाएको छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर गोदारले अस्पतालमा भौतिक पुर्वाधारको समस्या रहेको बताउदै १० महिनामा मेसु पाएको बताए । अस्तालमा दरबन्दी अनुसारका कर्मचारी नरहेको बताउदै दरबन्दीमा रहेका डाक्टर अध्यनमा जादाँ समस्या परेको भन्दै सट्टा डाक्टर खटाई दिन मन्त्री सिम्खडाँलाई अनुरोध अध्यक्ष गोदारले अनुरोध गरे ।
२५ बेडको अस्तामा २५ जना कर्मचारी रहेकोमा ११ जना कर्मचारी नरहेको र दुई जना डाक्टर दुई जना नर्स अध्यनमा जादाँ अस्तालमा आउने बिरामीलाई समस्या परेको गोदारले बताए । रक्क्त संचार केन्द्र, हेलिप्याडको ब्यवस्थापन गरि दिन आग्रह गर्दै गोदारले जिल्ला अस्पतालाई ५० बेडको बनाउने पुरानो निर्णय कार्यान्यनका लागि आग्रह गरे ।
मन्त्री सिम्खडाँले नागरिककले निशुल्क स्वास्थ्य सेवा पाउने अधिकार भएको बताउदै जनताको स्वास्थ्यको लागि कुनै कन्जुस्याई नगर्ने बताइन् । अब उपचारको लागि पोखरा लगायतका शहरमा जानुपर्ने बाध्यतको अन्त्य गर्ने बताउदै मन्त्री सिम्खडाँले दरबन्दी अनुसारको जनशक्ती र आवश्यकता अनुसारको भवन बन्ने बताइन् । प्रदेश सरकारले गर्न सक्ने काम तत्काल प्रदेशले गर्ने र बाँकी रहेका संघसगँ समन्वय गरेर पुरा गर्ने सिम्खडाको भनाई थियो ।
अस्तालमा अब जिल्ला अस्पतालको सेवा बिहान ७ बजेबाट बेलुका ८ बजे सम्म दिने ब्यवस्था गरिने मन्त्री सिम्खडाँको भनाई थियो । यस्तै मन्त्री सम्खडाँले जिल्ला आर्यूबेद अस्ताल, जिल्ला स्वास्थ्य कार्याल, सामाजिक बिकास कार्यालयमा समेत अबलोकन गरेकी छन् ।
प्रतिक्रिया