सामाजिक कामलाई जिम्मेवारी सम्झनुपर्छ—नगर प्रमुख भट्टराई

गल्याङ ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले सबैले आफ्नो कर्तव्यलाई आत्मसाथ गरेर कर्म गर्न सके मात्रै आफ्नो जिम्मेबारी पुरा हुने बताएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.४ कुरुङ्चेमा आयोजित स्वर्गीय टोपला न्यौपानेको ३४ औं पुण्य तिथीका अबसरमा आयोजित वडास्तरीय एकल महिला तथा एकल पुरुष सम्मान र भोजन गराउने कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टराईले आफुले गर्नुपर्ने जिम्मेवारी पुरा गर्न सकेमात्रै समृद्ध नगर बन्ने बताएका हुन् ।
आफूलाई जन्म दिने बुवा आमा भगवान सम्म हुने बताउदै नगर प्रमुख भट्टराईले लालनपालन र संरक्षण गर्ने जिम्मेबारी हाम्रो भएको बताए । पछिल्लो समय त्यस्ता कुरालाई विर्सेर समाजमा जेष्ठ नागरिक एकल महिलाहरु हेलत्व हुनु परिरहेको उदाहरण दिए । यस्तो परिवेशमा सहि र सकरात्मक सन्देश दिने उदेश्यले स्वर्गीय टोपला न्यौपानेका नाती ढाकाराम न्यौपाने र पल्लाघरे परिवारले अनुकरणीय कार्य गरेको प्रति धन्यवाद दिए ।
अर्को एक प्रशङ्गमा गल्याङ नगर प्रमुख भट्टराईले गल्याङ निवुवाखर्क सेतीबेणी सडक कालोपत्रे गर्ने र वडा भित्रको सडक सञ्जाल विस्तार गर्ने, खानेपानी तथा सिंचाई शिक्षा स्वास्थ्यका क्षेत्रमा प्रभावकारी रुपमा विकास निर्माण कार्यलाई अगाडि बढाएको बताए । विकास गाउँमा भइरहेको छ तर मानिसहरु शहरतर्फ बसोबास गर्न तल्लिन देखिएको अवस्थाले गर्दा गाउँमा बुढाबुढी मात्रै बस्ने समस्या बन्दै गईरहको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस गल्याङ नगर कार्य समितिका सभापति श्याम प्रसाद बस्यालले आफ्नो पितृको कार्यमा गरिएका असल कर्मले हामीलाई सबै सफलताको बाटोमा अगाडि वढ्न टेवा मिल्ने बताए । गल्याङ नगरपालिका विकास निर्माणको योजना सहित गाउँ बस्तीमा छिरेको बताउदै सबै मिलेर नगको विकासमा एक हुन आग्रह गरे । कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले समाजमा रहेका जेष्ठ नागरिक र एकल महिला एकलै नभएको अनुभूती दिलाउने काम गर्नु भएकोमा न्यौपाने परिवारलाई धन्यवाद दिइन् ।
स्वर्गीय टोपला न्यौपानेका नाती ढाकाराम न्यौपानेले दान गर्नु पुण्य कमाउनु हो त्यसैले धन कमाएर मात्रै हुदैनन् दान पनि गर्न जान्नु पर्ने मान्यताले आफूले यस्तो कार्य गरेको बताए । कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.४ भित्रका ९० एकल महिला र २५ जना एकल पुरुष गरि १ सय १५ जनालाई दोसल्ला जुत्ता प्रदान गरेर तथा भोजन गराएर सम्मान गरिएको थियो । स्वर्गीय टोपला न्यौपानेका जेष्ठ सुपुत्र मुक्ति प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य मणि प्रसाद न्यौपानेले र कार्यक्रमको सञ्चालन गल्याङ नगरपालिका वडा नं.४ का वडाअध्यक्ष ढाकाराम न्यौपानेले गरेका थिए ।
प्रतिक्रिया