अर्जुनचौपारीका क्षेत्री लागु औषधसहित पक्राउ

स्याङ्जा ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाबाट अवैध लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका १ रैते बस्ने बिर बहादुर क्षेत्रीको छोरा २८ वर्षीय दिल बहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाका अनुसार आफ्नै घरमा लागु औषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गरेको थियो ।
प्रहरीले घरमा लुकाई छिपाई राखेको दुई एम एल झोलसहितको फेनागरेन लेखेको ४२ एम्पुल, आइपिपिएल लेखेको ३८ एम्पुल, डाइजापेम लेखेको २९ एम्पुल गरी जम्मा १ सय ९ एम्पुल लागु औषध फेला परको बताएको छ । लागु औषध मुद्धा दर्ता गरी मंगलबार स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया