गरिमा बैंक १७ बर्षमा प्रवेश
वालिङ ।
१७ बर्ष अगाडी स्याङ्जाको वालिङमा स्थापना गरिएको गरिमा विकास बैंकले विभिन्न कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ । सामाजिक उत्तरदायीत्वमा रहनेगरी गरिमा विकास बैंकले स्थापना दिवस मनाएको हो । बैंङ्कको स्थापना दिवसको अवसरमा ग्राहकवर्ग, सेवाग्राही तथा शेयर धनी, बैंकमा कार्यरत कर्मचारी र बैंकलाई सहयोग गर्ने सबैलाई शुभकामना सन्देश दिएको छ ।
बैंकले सम्पूर्ण नियमनकारी निकाय तथा विज्ञ व्यक्तिहरु, वित्तीय बजारमा विश्वसनीय तथा प्रभावकारी वातावरण निर्माण गर्न सहयोग गर्नुहुने सञ्चार क्षेत्र तथा सो सँग आवद्ध सम्पूर्ण पत्रकार महानुभावहरु, मैत्रीपूर्ण प्रतिस्पर्धा गरिरहेका बैंक तथा वित्तीय संस्थाहरु प्रति पनि शुभकामना दिदै सहयोग, सद्भाव र सुझावको अपेक्षा गरेको शुभकामना सन्देशमा उल्लेख गरेको छ । बैंकले स्याङ्जाको रामनदी धाम राम्दीमा रहेका जेष्ठ नागरिकलाई स्थापना दिवसको अवसरमा सहयोग गरेको जनाएको छ ।
यसैगरी देशका विभिन्न क्षेत्रमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायत सामाजिक उत्तरदायीत्वमा सहयोग गरेको जनाएको छ । बैंकले स्थापना दिवसकै अवसरमा तिन ठाउँमा रक्तदान समेत आयोजना गरिएको बैंकका कम्पनी सचिव माध आचार्यले जानकारी दिए । उनका अनुसार बिहिकार बिहान बैंकको प्रधान कार्यालय काठमाण्डौ र क्षेत्रीय कार्यालय नारायणगढ, पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
स्याङ्जाका उद्योगी व्यवसायी, शिक्षाविद्ध, राजनीतिककर्मी र समाजसेवी लगायतको सक्रियतामा १७ बर्ष अगाडी वालिङमा प्रधान कार्यालय रहनेगरी स्थापना गरिएको थियो । अहिले बैंकको प्रधान कार्यालय काठमाण्डौंमा रहेको छ ।
प्रतिक्रिया