गरिमा विकास बैंकद्वारा ७६ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

गल्याङ् ।
गरिमा विकास बैंकको १७ औं वार्षिकोत्सवको अवसर पारेर गल्याङ १ राम्दी र वडा नं.११ हुँगीघाट स्थित बृद्व आश्रममा बस्दै आएका ७६ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । राम्दीमा रहेको शिब पार्वती वृद्वाश्रम तथा बहुउदेश्यीय संस्था र निम्बार्क सत्सङ्गाश्रममा गरिमा विकास बैंकले त्यहाँ रहेका जेष्ठ नागरिकहरुका लागि न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले सबैको सकारात्मक सहयोगले गरिमा विकास बैंक अगाडि बढ्दै यहाँसम्म आइपुगेको बताए । उनले ग्राहकहरुको विश्वासका कारण आफुहरु अगाडि बढेको भन्दै ग्राहकको विश्वासलाई कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
अध्यक्ष बस्यालले गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विभिन्न कामहरु गरिरहेको जानकारी दिए । उनले स्याङ्जाका व्यवसायीहरुको सक्रियतामा स्थापना गरिएको बैंक अहिले देशव्यापी हुनुमा सबै कर्मचारी, सेयर सदस्य, पत्रकार र सबैको उत्तिकै साथ रहेको बताए । उनले नविनतम प्रविधि अनुसार बैंकलाई परिमार्जन गर्दै लगिने धारणा व्यक्त गरे ।
बैंक स्याङ्जाबाटै स्थापना भएका कारणले राम्दीमा विशेष कार्यक्रम गरेर बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर न्यानो कपडा वितरण गरिएको कुरा बताए । गरिमा विकास बैंकका अध्यक्ष बस्यालले शुमकामना सन्देश दिदै गरिमा विकास बैंक लिमिटेड आजदेखी १७ औं वर्षमा प्रवेश गरेको अवसरमा सबै प्रति कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष कृष्णप्रसाद भट्टराईले गरिमा विकास बैंकले सामाजिक उत्तरदायीत्वको काममा महत्वपूर्ण भुमिका खेल्दै आएको बताए ।
गरिमा विकास बैंक क्षेत्रीय शाखा अन्तर्गत वालिङ शाखा प्रमुख लेखनाथ भट्टराईले गरिमा विकास बैंकले पु¥याइरहेको योगदानको चर्चा गरे ।
बैंकका गल्याङ शाखा प्रमुख यज्ञमुर्ति न्यौपानेले गरिमा विकास बैंकले सकेसम्म सुविधा सहितका सेवा दिन प्रतिबद्ध रहेको बताए । कार्यक्रममा शिब पार्वती जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई स्वीटर सहितका न्यानो कपडा वितरण गरिएको थियो । शिब पार्वती वृद्वाश्रम तथा बहुउदेश्यीय संस्थाका कार्यालय सचिव सुनिल श्रेष्ठले आफ्नो संस्थालाई सम्झेर जाडोको समयमा न्यानो कपडा वितरण गरेर सहयोग गरेकोमा बैंक परिवारलाई विशेष धन्यवाद दिदै बैंकको प्रगतिको कामना गरे ।
प्रतिक्रिया